चारकोसे झाडीबाट सुनसरी

पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको सुनसरी जिल्ला धार्मीक, शैक्षिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित छ । यस जिल्लाको दक्षिणमा भारत, पूर्वमा मोरङ जिल्ला, उत्तरमा धनकुटा जिल्ला र पश्चिममा उदयपुर जिल्ला र सप्तकेशी नदीले सप्तरीसित छुट्याएको छ ।

सुनसरीको सदरमुकाम इनरूवा हो भने प्रमुख शहर धरान र इटहरी । अधिकांश भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो । धान, गहुँ, दलहन, तेलहन पछि उखु, जूट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ । जिल्लामा मुख्यतयाः राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुसलमान जातिको बसोबास पाइन्छ । शैक्षिक क्षेत्रमा समेत अग्रणी रहेको यस जिल्लामा मेडिकल, इन्जिनियर, फुड टेकनोलोजि लगायत सबै बिषयको अध्ययन अध्यापन भैरहेको पाइन्छ ।

यस जिल्लाको नामाकरण भरौल क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, नरसि‌ह, जल्पापुर हुँदै भारततर्फ बगेको छ ।

जिल्लामा २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका पर्दछ । सुनसरी जिल्ला महाभारत पर्वत श्रृङ्खला, चारकोसे जङ्गल र तराईका उर्वर भागहरू मिलेर बनेको छ । यस जिल्लाको भौगोलिक वनावटलाई उत्तरको पहाडी प्रदेश, मध्यभागको भावर र दक्षिणको समथर भुमि गरी मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ ।

यस जिल्लाको हावाहावापानी उष्ण मनसुनी रहेको छ । हावापानीमा खासै धेरै उतारचढाव रहेको पाईदैन । तर गर्मियाममा धेरै गर्मी र जाडो मौसममा सितलहर चलेको अवस्थामा वाहेक केही मात्रामा ठन्डा हुन्छ । यस जिल्लाको औषत अधिकतम तापक्रम र न्यूनतमतापक्रममा धेरै अन्तर रहेको पाइदैन ।

यस जिल्लाका प्रमुख नदी तथा ताल तलैयाहरूमा सप्तकोशी, कोकाहा, सुनसरी, बुढी, सेउती, सर्दु, खेतीखोला, टेंग्रा, पकलीखोला, दचकिचा, पटनाली, गडन खोला आदि पर्दछन् ।

प्रमुख धार्मिक क्षेत्र: बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिवजट्टा, रामधुनी, पंचकन्या, बिष्णुपादुका, प्राचिन हरिद्वार चतारा धाम आदी ।

पर्यटकीय क्षेत्र: चिमडी दह, भेडेटार, ठिगेढुंगा, कोशी टप्पु वन्यजन्तु आरक्ष, एभरेष्ठ विज्ञान केन्द्र ।

व्यापारिक महत्वका स्थान: जिल्लाको प्रमुख व्यापारिक महत्वका स्थानहरूमा धरान, इटहरी, इनरुवा, दुहवी, खनार झुम्का महेन्द्रनगर हरिनगरा आदि रहेका छन् ।

(स्रोत: जिल्ला प्रशासन कार्यालय, सुनसरी)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button