आमासँग बस्न पाएको अवसर कति प्यारो भयो सुर्यमानलाई बयान गर्न असमर्थ छु
मोहन के श्रेष्ठ
स्थान : अगेना सेकुवा घर, गठ्ठाघर
२४ बैशाख २०८१, सांझको समय थियो । स्कुलमा संगै पढेकाहरु मध्यमा सुर्यमान अस्ट्रेलियाबाट नेपाल आईरहेको अबसरले जुरायो हाम्रो केही क्लासमेट साथीहरुको भेटघाट ।
कहिले फर्क्दैछौ अस्ट्रेलिया ? सुर्यमानसंग सुरु मै सोध्यो साथीहरुले ।
“अब माता तिर्थ औसी (आमाको मुख हेर्ने दिन) को लागि कुरेको । त्यसको पर्सिपल्ट शुक्रबार म उडछु”, सुर्यमान भन्छ ।
फेरि अर्को प्रश्न तेर्सायो सुर्यमानलाई । यहाँ आएर कहाँ कति डुल्यौ?
“आएदेखि म आमासंग नै छु । ८३ बर्ष पुग्नु भयो । कतै जान मनै लागेन । आमासंगै समय बिताईरहेको छु”, उ भन्छ ।
उफ, एक छिन दिमागमा चक्कर चल्यो । धेरै बर्ष बिदेशमा बस्यो । आमाको मायाको त्यो भोक अथवा सन्तानको त्यो कर्तव्य केहि समय भए पनि संगै बस्न पाएको त्यो अवसर कति प्यारो भयो होला सुर्यमानलाई । बयान गर्न म असमर्थ छु ।
साच्चै नै यो संसारमा आमाबुबा हुनेहरु त भाग्यमानी नै मानु पर्छ । मैले मनमनै गुनें ।
अचेल हाम्रो घर घरबाट कोहि न कोहि बिदेशमा पुगेकै छ र रेमिटेन्सले धानेको हाम्रो देश छ । यो सबैलाई अबगत भएकै कुरा हो ।
एक छिन म हाम्रो पूर्वीय समाजतिर झाक्ने कोसिस गर्छु । बच्चा बेलादेखि आमाको कोखमा लुतपुटुदै, खेल्दै हुर्केका हुन्छौ हामी । जिन्दगीभर आमासंगै बस्न पाउं भनी प्रार्थना गर्ने संस्कारका हामी । परिवारसंगै बसेर रमाउन मन हुने हामी ।
अझ हामी भगवानको रुपमा पुज्छौ आमाबुबालाई ।
साच्चै हुन पनि । भगवान नै हाम्रा मातापिता । मलाई यस्तै लाग्छ । मेरो ब्रम्हले यहि भन्छ । मेरो भूगोलको दर्शनले यहि सिकाएको छ हामीलाई ।
नौ महिना कोखमा मात्र राख्दैनन आमाले हामीलाई । जिन्दगीभरको हाम्रो भोक प्यास लालनपालनको चिन्ता लिन्छिन ।
जसरी धरतीले प्राणीलाई जीवन दिन आबश्यकता जोह गर्छन त्यसरी नै आमाको चिन्ता हाम्रो भोक प्यास माया ममता हामी माथि नै रहन्छ ।
अपबाद बाहेकका प्राय सबैका आमाहरु यस्तै हुन्छ्न । बुबाको पनि त्यस्तै आफनै भुमिका छ । हाम्रो भोगाइ र दर्शनले एकै स्वर गर्दै यहि भन्छ ।
हामी साथीहरुको कुरा अगाडि बढ्दै जांदा हाम्रै बच्चाबच्चीहरुको पनि कुरा उठ्यो । ओहो ! हामी पनि आमाबुबा पो भैसकेर छोराछोरी हुर्काइरहेका छौ । झट्ट सम्झ्यौ हामीले ।
हाम्रा आमाबुबा र हामी पनि आमाबुबा । माथिल्लो पिढी र तल्लो पिढिको बिचमा हामी उभेका छौ । पुरानो हेरिसकेको र नयां हेर्दैछौ । यस बिचको खाडल र भिन्नताको साक्षी पनि हामी बनिरहेका छौ ।
अस्ट्रेलियाको बसाईमा नमज्जा लाग्ने कुरा के छ भने मित्र सत्य सुन्दरको प्रश्नमा सुर्यमानको जवाफ थियो । “उनको छोरा अस्ट्रेलियामा इन्डेपेन्डेन्ट लाईफ बिताउन चाहन्छ्न रे आमाबुबाहरुसंग छुटेर जान चाहन्छ्न रे तर उनकै आमा (सुर्यमानको श्रीमती) ले जान नदिएको कुरा सुनायो ।”
यो कुराले भने मलाई च्वासै मुटु मै छोयो । यो बदलिँदो फरक जीवन शैलीले हाम्रो समाज कुन धरातलमा उभाउन खोजेको हो ? मैले त्यति ठम्याउन सकिरहेको थिएन ।
यो हाम्रो समाजको चित्रले मलाई तर्साएको पनि धेरै नै भएको थियो । सायद मलाई मात्र तर्साएको पनि नहुन सक्छ ।
मलाई लाग्छ हाम्रो त्यो कुराकानीले अहिलेको आम नेपाली समाजलाई नै छुन्छ । सत्य यहि नै हो कि हाम्रो प्रत्यक घर र समाजमा कहि न कहि यी र यस्तै खालका चंगुलमा फसेको छ । न पुर्बीय सभ्यतालाई बिर्सुं नै भन्न सकेका छ्न न त पाश्चात्य जीवन शैली या अन्य जीवन शैलीलाई नै अपनाउन सकेको छ ।
बिचको संघारमा उभेको छ हाम्रो समाज । यस्तो अबस्थामा हाम्रा समाजका अगुवाहरुको ठूलो भुमिका रहन्छ जस्तो लाग्छ मलाई, हाम्रो सभ्यता र संस्कृति जोगाउन । त्यसो त समाजका प्रत्येक मान्छेको सानो सानो प्रयासले केही न केही हुन सक्छ कि ? आफ्नै मनलाई आशाबादी बनाएं मैले ।
एक समय भारतमा हेर्ने हो भने यस्तै ठूलो मात्रामा पारिवारिक मेलमिलाप र पुर्बीय सभ्यता संस्कृति अंगाल्न प्रेरित गर्ने खालका धेरै नै चलचित्र बनेको मलाई याद छ ।
उफ, म एक सामान्य मान्छेको नजरले देखेको कुरा भने हाम्रा पुर्बजहरुले दिएको संस्कार र बोकेको दर्शन मलाई प्यारो मात्र होइन निकै अब्बल र राम्रो पनि लाग्छ ।
यो मेरो नितान्त ब्यक्तिगत बिचार प्रस्तुत गरें यहां ।
मेरो ह्रुदय र सभ्यताले एकै स्वरमा भन्छ, मातापिता भगवान नै हुन । म हाम्रो मान्यता र दर्शनलाई पुज्छु ।
२०८१ साल बैशाख २६ गते बुधबारको दिन यस बर्षको माता तिर्थ औसी परेको छ । जसरी मेरो साथीले त्यो दिनको लागि कुरेको छ । म पनि छु प्रतीक्षामा ।
सायद हाम्रो कुराकानी, मेरो केही नितान्त ब्यक्तिगत बिचार र भावनाले तपाईलाई पनि केही छुन सक्छ कि भनेर मैले केही लेख्ने जमर्को गरें । सन्दर्भ माता तिर्थ औसीको पारेर ।
सगै हार्दिक मंगलमय शुभकामना टक्राउन पनि
धन्यवाद तपाईको समयको लागि ।
उहि,
मोहन
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)