
नेपालमण्डलमा आमाको मुख हेर्ने दिन देवीदेवताले पनि आमाको मुख हेर्ने जात्रापर्व चलिआएको छ
आमा
नेमसिंह नकर्मी
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ वाक्योचारणमा जन्मदिने आमाको सम्झना स्वत: आउँछ | Mother Day शब्दको उत्पति भन्दा धेरै वर्षअघि नै हामीले ‘मातृदेवो भवं मूल’ मन्त्र जपिसकेका थियौ । आमाप्रतिको माया, स्मरण एवं श्रध्दा सन्तानका प्रथम कर्तव्य हुन्, कर्तव्यको अर्को नाम धर्म हो । आमा साक्षात देवी हुन्, पञ्चतत्वको माहात्म्य हुन्, जसको काखमा समेत खेलेर, विकारजन्य वस्तु त्यागेर बुबु भन्दा पहिले आमां (मा) भन्न सिक्यो, भन्दा जान्यौं । जसको फलस्वरूप आज हामी मान्छे भएर वाँचेका छौ ।
आमा स्वतन्त्रताका प्रतीक हुन्; अर्को अर्थमा भन्नू पर्दा आमा सभ्यताका द्योतक हुन्, सम्पदा हुन् आमा । अनि हुन् समाजबादका प्रणेता । आमा नारी शक्ति हुन, नारी शक्ति स्वरुपा- सत्यं, शिव, सुन्दरं ।
सनातन संस्कृति एवं परम्पराको पाठ आमाबाट नै सिकेका हौ । त्यसैले भौतिकतत्व अज्ञात भल एतापनि आमा शब्दको क्षय हुँदैन । वेलावखत सुन्दै आएका छौँ । सानै अवस्थामा विदेशिएका छोरा छोरी पनि धेरै वर्ष पछि जन्मदिने आमा खोज्न आएका कुराहरु । कुमारी आमावाट जन्मेको किन नहोस्, आफ्नै शरीरको मासको हिस्सा ठान्दछिन् आमाले । अर्को अर्थ नलगोस, देह, ब्यापारमा दैनिकी गुजारेकी नारीले पनि सन्तान जन्माउँछिन र हुर्काउछिन् । भ्रष्ट सन्तानको कुमतिको कुरा नगरौं, समय वित्दै गएपछि परिणामको भागी हुन्छ नै ।
आमाको मुख हेर्ने दिन कहिलेदेखि शुरु भएको हो भन्ने सम्बन्धमा मानव सभ्यताको विकाससंगै शुरु भएको मान्न सकिन्छ । नेपालमण्डलमा आमाको मुख हेर्ने दिन देवीदेवताले पनि आमाको मुख हेर्ने जात्रापर्व चलिआएको छ । आमा हुनेहरुका लागि घरमै तीर्थधाम नहुने मातातीर्थ जान्छन् र आमालाई कल्पनाद्वारा सभक्त हेर्छन् , नमन गर्दछन् ….
.. बिहान उठने वितिकै रविको लाल लावण्य हेरौं, जामाको दर्शन ..गरौं,चराचुरुङ्गीलाई चारा .. देऔं ।
भवतु सब्ब मंगलम !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


