निरन्तर हाँसी दु:खमा हौसला जनाई
प्रीतम मान शाक्य
आमा
छोराले गर्न नचाहेको काम छोरिले गर्दोरहेछ
छोराले गर्न नसकेको काम छोरिले गर्दोरहेछ
मुस्कान प्रखर फूल खिल्दै स्वच्छन्द दिन्छिन
घरको बास सफासुग्धरमा वातावरण दिन्छिन ।
आमा
जब आई पर्छ कामको चटारो जिन्दगीमा सधैं
सक्ने जति छोरोले गर्छ नसक्ने निरँतरता भन्दै
बाँकि काम छोरिको काँधमा अबेर सम्म हाँसी
हेर्दा त बिहान देख्दा चारैतिर छैनन कुनै थाती ?
आमा
यहाँ घरबार सिङार छ वातावरण धुलाई सफाई
कुनै कुहेको नराखी प्रकृतिको रखवाली देखाई
बाँझो नराखी धर्ती उब्जाई हर हरियाली सजाई
रोपी रोपी निरन्तर हाँसी दु:खमा हौसला जनाई ।
आमा
यस्तो जन्मदिने आमा छोरि कष्ट अनेक स्वरुपमा
सँसार अडाईरहेको सन्तुलन दीप हरेक स्वरुपमा
जन्मदिने आमा प्रेरणादायी उच्च मनोबल सँस्कार
दिने आमा, कोटि शुभकामना श्रद्धा यस स्वरुपमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)