ज्यान दियौ, अनेक किसिमको ज्ञान दियौ
आमा
प्रकाशप्रसाद उपाध्याय
आमा तिमीले ज्यान दियौ
अनेक किसिमको ज्ञान दियौ
कसरी ऋण तिरुँ तिम्रो
तिमीले सदैव संस्कार दियौ ।
प्रथम गुरु हौ तिमी हाम्रो
यसैले तिमी हौ गुरुमाँ पनि हाम्रो
खराब–असलको बाटो देखाई
कर्तव्य–पथमा डो¥याउने तिमी नै हाम्रो ।
रात–दिनको चिन्ता नगरी
सुख–दुःखको वास्ता नगरी
स्याहा¥यौ हामीलाई तिमीले
रात–रात भरि जाग्राम बसी ।
ग्रहण गर यो श्रद्धा–सुमन हाम्रो
स्वीकार गर अभिनन्दन हाम्रो
सम्झना भइरहन्छ सदैव तिम्रो
माफ गरे सदा त्रुटि हाम्रो ।
आमा तिमीले ज्यान दियौ
अनेक किसिमको ज्ञान दियौ
कसरी ऋण तिरुँ तिम्रो
सदैव तिमीले संस्कार दियौ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)