… तर आमा सँगसँगै म पनि मानिस हुँ
प्रतिक्षा खनाल
ऊ एक आमा हो, उसको शरिरले पटक्कै आराम खोज्दैन । अचेल उसलाई लाग्दैन थकाइ । ऊ पाउँदिन रिसाउन, झर्किन, झिझिन अनि मुड अनुसार व्यबहार गर्न । बिस्तारै हराउँदै छ्न् उसका सम्पुर्ण शोकहरु । सायद उसले बिर्सिसकी पुरा रात नब्युझी निदाउँदा कस्तो हुन्छ भनेर तर अहं गर्दिन ऊ गुनासो कसैसँग किनकी ऊ त आमा पो हो ।
उसलाई अचेल आफ्नै शरिरले गिज्ज्याए जस्तै लाग्छ रे । शारीरिक बनावट पुरै फेरिइसकेछ । ऊ पाउँदिन मन लागेको जस्तो लुगा लागाउन । ऊ सोच्छे, कस्ती म कस्ती भएँ । तर उसले यो परिवर्तनलाई स्वीकार गर्नै पर्छ किनकी ऊ एक आमा हो । ऊ यस्ता कयौ कुराहरुबाट थोरै मात्र सहज हुन खोजी भने उसलाई दाजिन्छ कयौ फलानीसँग । उसले पनि त गरेकै छ सकेकै छ, ऊ लामो सुस्केरा तानेर सोच्न बाध्य हुन्छे, म किन बन्न सकिन होला त्यो फलानी जस्तै ? किन यति कमजोर भएँ म कि त्यो फलानीको अवस्था पनि यस्तै होला, उसको कथा नदेखिएको पनि त हुनसक्छ ।
आमाले नगरे कस्ले गर्ने त ? आमाले चुसाउने दुध हामीले चुसाएर भएन । आमा भनेको आमा नै हो । त्यसैले त आमा महान छिन् अनि झुण्डाइन्छ, ऊ मा महानताको ट्याग,आखिर किन ?
हो, ऊ गर्वका साथ भन्दछे, म एक आमा हुँ, म आफ्नो सन्तानको लागि आफनो प्राण निछावर गर्न पछि कहिल्यै हट्ने छैन । तर आमा सँगसँगै म पनि मानिस हुँ । रिस मलाई पनि उठ्न सक्छ । निन्द्रा मेरो लागि पनि उत्तिकै महत्त्वपूर्ण छ । शरीर न हो, मेरो पनि थाक्छ । मलाई पनि केही मिनेट नै किन नहोस्, शान्तीसँग बस्न मन लाग्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)