भिटोफ नेपालमा नयाँ नेतृत्व

काठमाडौं — भिटोफ नेपालको २७औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। नव-निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अध्यक्षमा हरिशरण थपलिया निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्षका रूपमा शकुन्तला देवकोटा रहनेछिन्। यसैगरी प्रथम उपाध्यक्षमा मनहरी दाहाल र द्वितीय उपाध्यक्षमा विनोद वस्ती चयन भएका छन्।

महासचिवमा अजिव भट्ट, सचिवमा सुरेन्द्र भट्ट, कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने तथा सह-कोषाध्यक्षमा नारायण सोडारी निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरूमा प्रदिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल तथा सुनिता अधिकारी न्यौपाने रहेका छन्।

नयाँ कार्यसमितिले पर्यटन प्रवर्द्धन र संस्थागत विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button