
असल अनि सफल आमा

असल अनि सफल परिवारको जिम्मेवारी बोकेकी महान आमा
बिमला भुसाल
मलाई एउटा शुभ कार्यक्रमा सहभागी हुने अवसर प्राप्त भयो।मेरो प्रिय अनि अत्यन्त अनुशासित विद्यार्थी आनन्द अधिकारीको उपनयन (ब्रतबन्ध) एउटा पुन्य दिनको पुन्य अवसर।
वातावरण अत्यन्त रमाइलो थियो।कार्यक्रम हलका भित्ता र चारैतिरका दृष्य अत्यन्त शोभायमान थिए।अतिथि पाहुना छिर्ने द्वारको दुबै तिर स्वागतमा आनन्द बाबुको फोटो राखिएको थियो।सहभागी अतिथि पाहुनाहरु पनि आफ्नो सुन्दरतामा कुनै कमी नराखी सजिएर आउनु भएको थियो।सबै जना हेर्दै मन लोभ्याउने गरि।घर परिवार जनको बाहिरी सुन्दरता सँगै मिठास बोली वचनको वर्णन त गरेर सकिदैन।संगतमै वर्षौ बितिसकेको छ।म जब भित्र छिर्दै थिए त्यहाँको वातावरण आफैमा आनन्दमय थियो।सबै आ-आफ्नै तरिकाले रमाइरहनु भएको थियो।जब म बाबु आनन्दलाई शुभ आर्शीवाद दिन पुग्दै थिए।एउटा टेबलमा कुराकानीमा रमाइरहेकी आमाको अनुहारमा मेरो नजर पुग्यो।हेर्दै कति महान मेरो भित्री मनले उहाँलाई पुजे।सधै भेटेको जस्तै आत्मिय महसुस भयो।
“असल अनि सफल परिवारको जिम्मेवारी बोकेकी एक महान आमा।”
कल्पना गर्दै आनन्द महसुस भयो।अनि गर्व महसुस भयो म त्यो परिवारसँग जोडिनु पाउदाको खुसीले।पुन:आमालाई हेर्दै सिंगो परिवारलाई कल्पना गरे।”एक महान आमा”आँखामा बसिरहने कस्तो उज्यालो अनुहार।बाबु आनन्दलाई भेट्दा पनि श्री कृष्ण भगवानको अवतार जस्तो महसुस भयो।
एक असल आमाबुबाको संस्कारले भरिपुर्ण वालक आनन्द मिठो मुस्कानका धनी व्यक्ति हुन्।

म साथीहरुसँग त्यहि वातावरणमा रमाउदै गरिरहदा “मेरो मन मस्तिष्कले ति नै महान आमालाई नै खोजिरह्यो।”आमाको अनुहार मात्र आँखामा झल्किरह्यो मलाई आमालाई अंगालो मारेर केही भन्न मन लाग्यो।म टोलाइ रहे साथीले के भयो भन्दा हाँसी मात्र दिए।भगवाले सृष्टि गर्दा सबैको भागमा एउटै कुरा कहाँ पर्दोरहेछ र ?बाकी कुरा त हाम्रो कर्मले पनि निर्धारण गर्ने कुरा हो।सबै तिरको माया,हौसला र प्रेरणा पाउनु पनि सौभाग्यको कुरा हो।यस्तै यस्तै कुरा सोचिरहे।
हजुरआमाको माया र अनुशासनमा हुर्किएकी सोही परिवारकी मेरो प्रिय विद्यार्थी श्राभिका नानी मेरो छेउमा आइपुगिन अनि मैले हिड हजुरआमालाई भेटौ भने हामी आमालाई भेट्न गयौँ।संसार जितेकी आमालाई मैले दिन सक्ने त के नै छ र तर पनि मनमा अलि खल्लो महसुस भयो ।आमालाई अंगालो मार्दै भने “आमा हजुर कति महान जस्ले यस्ता असल अनि सफल व्यक्तित्वहरुलाई जन्मदिनु भयो,हजुर साच्चिकै एकदमै महान हुनुहुन्छ।”मिठो मुस्कान सहित आमाले धन्यवाद नानी “मेरा छ जना सन्तान छन् सबैको राम्रो छ भन्नु भयो।”
आमा शब्द नै कति महान छ।कति मिठो बोली वचन अनि संस्कारले बाधेर राख्नु भएको छ आमाले त्यो सिंगो परिवारलाई।
आर्शीवाद भन्नेकुरा कसैले कसैलाई खल्तीबाट झिकेर र माथिबाट फूल जसरी वर्षाइदिने चिज होइन।आर्शीवाद भनेको प्रेरणा हो,हिम्मत दिनु हो अनि हिडिरहेको बाटो गलत भए पन्छाइदिनु हो।जुन काम आमाबुबाले हर पल गरिरहनु हुन्छ त्यसैले त आमाबुबालाई भगवान भन्दा पनि उच्च श्रेणीमा राखिएको छ।बाबा पछि त्यो सिंगो परिवार आमाको सितल चौतारीमा रमाइरहेको छ।असल कर्म गर्दै अघि बढिरहेको छ।आमाका हरेक सन्तान सफलताको सिढीमा हुनुहुन्छ।
एउटा आमाको लागि यो भन्दा ठुलो खुसी अरु केही छैन्।
आमाबुबा बाहेक बाकी आफन्त परिवारको माया र साथ सपोट पाउनु सुनमा सुगन्ध भए सरि भइहाल्यो नि।बाकी कदम कदमा तिनै आमाबुबाका हत्केला हुन्छन् जस्को ओतले कुनै पनि अपठ्यारो परिस्थितिमा आफ्ना सन्तानलाई छेकेर राख्ने क्षमता हुन्छ।
“आज समयले एक महान आमासँग फेट्ने अवसर जुर्यायो।”साथमा बुबाको महानता त छदै छ।यो एउटा असल आचरणले सफल भएको परिवार हो।जस्मा घमण्ड भन्ने चिज नै छैन।मैले पढाइ रहदा त्यो परिवारबाट हुर्कदै गरेका ति सुन्दर फूलका कोपिलाहरुमा भेटेकी र महसुस गरेकी छु।हरेक सन्तानको भागमा यस्तै आमाबुबा र आमाबुबाको भागमा पनि यस्तै सन्तान मिलोस्।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



