२०२६ मा फेरि ७७ जिल्ला घुम्ने योजना छ

नेपालनाम्चाकाे नयाँ बर्ष स्तम्भ ‘याेजना २०२६’ मा  डा. बिपी बडाल

भुल्नु पर्ने भुली दिन्छु | याद गर्नु पर्ने गरिदिन्छु |

न कसैको प्रभाव छ न कसैको आभाव नै | जीवन नदी झैं बग्नु पर्छ | जीवन चलायमान हुनुपर्छ | जानेलाई जान दिनु पर्छ आउनेलाई सधैं स्वागत गर्नु पर्छ | सबैलाई उत्तिकै श्रद्धा र माया गर्नु पर्छ | त्यसैले २०२५लाई यसैगरी विदा गर्दै २०२६लाई श्रद्धापुर्वक स्वागत गर्छु |

२०२६मा रिसर्च नेपाल, महालक्ष्मी क्याम्पस, कान्तिपुर इन्टरनेसनल क्याम्पस, पशुपति क्षेत्र विकास कोषमा थप अग्रसर हुने छु | दुइवटा पुस्तक तयार गर्दै छु | १०० वटा पर्यटन र विकास सम्बन्धि लेख लेख्छु | अध्ययन अनुसन्धान नियमित हुन्छन् | ६४ पाशुपत ज्योतिर्लिंगको दर्शन सम्पन्न गर्छु |

यो साल फेरी एक चोटी ७७ जिल्ला घुम्ने योजना छ | तपाईंहरू पनि म संगै यात्रा गर्न चाहनु हुन्छ भने – तिमी उस्तै म पनि उस्तै, भगवानले जुरायो दुरुस्तै- भन्दै स्कोरपियोमा सरर जान सकिन्छ है !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button