मेराे २०२६ याेजना यस्ताे छ

नेपालनाम्चाकाे नयाँ बर्ष स्तम्भ ‘याेजना २०२६’ मा भाेला आचार्य ।

समयलाई सदुपयोग गर्ने योजना छ । केहि समय स्वयं व्यक्तिगत र केहि समय सामाजिक कृयाकलापहरूमा छुट्याएको छु ।

उमेर, शरिरले सकेको यात्रा र मन र मस्तिष्कले सोच्न सकेको कामहरूप्रति आफुलाई डोर्याउनेछु । ईतिहॅासका दौडहरूमा नोस्टाल्जिया हुदै भविश्यको खासै चिन्ता नगरि वर्तमानमा खुशीले जिउने मेरो प्रयास रहनेछ ।

डाँडामाथीतिर उक्लदै गरेका मातापीता र स्कुले जिवनमा रहेका केटाकेटीसॅग जोडिएका आफ्ना कर्तव्य र जिम्मेवारी भने महत्वपर्ण नै रहनेछन् । बॅाकी साथीभाई, ईष्टमित्र,सुवेछ्युक सवैप्रति सदभाव बॅाड्न सकियोस भन्ने मनको अन्तरकुन्तरको आवाज सुन्नेछु । सरल तरल जीवन विताउने मेरो प्रयास हुनेछ २०२६ बर्षमा ।

अघिल्ला बर्षहरू जस्तै तर सिकाई, रियालाईजेसन,खुला, सहज, सरल तरल बन्ने थप ॲाटका साथमा नयॅा बर्षलाई हेरेको छु । यहॅाहरू सवैको नयॅा बर्ष शुभ बनोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button