बाबाआमा कस्ता हुन्, यिनीहरू त जिउँदो देउता नै हुन्

रेनुका नेपाली

बाबुआमा भनेका जिउँदा देउता नै हुन्
यी भएनन् भने बालबच्चा टुहुरा हुन्छन्
बाबुआमा साँच्ची नै जिउँदा देउता हुन्
किनकि यिनले हाम्रो जीवन सवारिदिन्छन् ।

यिनिहरू बिना जीवनमा साँच्चि नै केहि गर्न सक्दैन
यिनिहरू बिना साँचो मार्गदर्शन पाँइदैन
यिनिहरू बिना जीवनमा असली साथ पाँइदैन
खोई बाबाआमा कस्ता हुन्
यिनीहरू त साच्चि नै जिउँदो देउता हुन् ।

यिनिहरू बिना जिउन गारो हुर्किन गारो
खान गारो, लाउन गारो, साँच्चै भन्ने हो भने जीवन जिउन गारो
खोई बाबाआमा त कस्ता हुन्
कस्ता देवतापछिका जिउँदा देवता रैछन् यिनीहरू त !

मलाई जिउन गारो भयो यो समाजमा तिमी बिना
मलाई लड्न गारो भयो यो समाजसँग तिमी बिना
खोई कस्ता रहेछौ तिमीहरू बाबुआमा
देउतापछिको जिउँदा देउता रहेछौ बाबुआमा ।

तिमीहरू छौ त सबै कुरा छ
तिमीहरू छैनौ त केहि छैन
बाबाको आश्रय र आमाको काख जस्तो प्यारो
कहि कतै पाँइदैन ।

त्यसैले खोई कस्ता रहेछौ तिमीहरू बाबुआमा
देउतापछिको जिउँदा देउता रहेछौ बाबुआमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button