नियाल्दा हुलबीच म एक्लो रहेछु

लक्ष्मी पाठक
पाँचखाल, काभ्रे

यो भिडभित्र म आफै हराउँदै
लर्खराउँछ्न् पाइला आत्मियता खोज्दै
न त उस्ले चिन्छ न मैले चिनेछु ?
नियाल्दा यो हुलबीच म एक्लो रहेछु ।

जोडिएको छन् घरहरु ठोकिएका छन् कुम–कुम
व्यस्त छन् हरकोहि देखासिखी तामझाम
न त देख्छ सुख दुख न त बाँड्छ माया
अपरिचित छन् यहाँ सब एक अर्कामा ।

यो व्यस्त शहरको कथा रैछ बेग्लै
बाडिन्न सुखदुख भोग्न पर्ने एक्लै
चल्नेको चलेकै छ आलिशान जीवन
चुलै बाल्न कोहि लडिराछन् हरदम ।

न देख्छ यो शहरले कसैको पीडा
न त देख्छ विलासितामा रमाउनेको भिड
खै किन मौन छ चुपचाप यो शहर
बोल्दैन किन मुकदर्शक छ हरपल ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button