
प्रसव पीडा बिर्सिएर मलाई देखेपछि संसारको श्रृष्टी हेरी मन बुझाएकी
चित्रबहादुर केसी तिमिल्सिना ‘अकेला’
रक्त पिण्ड मानव रूप तुल्याएकी आमा
चिच्याउँदै बाहिर आउँदा फुल्याएकी आमा ।
तिम्रो न्यानो मुटुबाट छुट्टिएको त्यो बेला
सर्वप्रथम धरती देखाई डुलाएकी आमा ।
प्रसव पीडा बिर्सिएर मलाई देखेपछि
संसारको श्रृष्टी हेरी मन बुझाएकी आमा ।
अशक्त त्यो शरीर आज सक्षम बनाई दियौ
दुःख सास्ती विपत्ति सब भुलाएकी आमा ।
धर्म संस्कार सिकाएर तोते बोली बोल्न
जीवनको यो गोरेटोमा कुदाएकी आमा ।
(हाम्रा ममतामयी स्व. मुमाश्री टीका देवी खत्री तिमिल्सिनाको संझनामा)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)