संघर्षकी रानी, वलिदानकी कहानी

बसन्ता पोख्रेल
धुर्कोट १, गुल्मी

आमा तिमी देवी हौ अनि प्रेमको खानी हौ तिमी
फूल हुर्काउने जसरी परिवार हेर्ने माली हौ तिमी आमा
मेरो रहर अनि मेरो चाहनाको आधार हौ तिमी
जीत मेरो होला तर जीत पछिको संघर्स हौ तिमी आमा

मेरा कयौ सपना अनि जीवनको लड़ाई
हर हार संग बचाउने प्रेमको पर्खाल हौ तिमी आमा
रहर त तिम्रा पनि अनगिन्ती थिए होला नि
तर सन्तानको लागि सबै सपना रहर भुलायौ तिमी आमा

सपना त तिम्रा पनि होलान् नी
पैले हाम्रो सपना चिन्यौ अनि चिनायौ तिमी आमा
आफू संघर्षको आगोमा जलेर पनि
हामीलाई मायाको सिरानीमा सुतायौ तिमी आमा

राप ताप र दुःख लाई दुःख न मानी
बा को घर चुहिने छानो र आँगन लाई पराहि नमानी
अटोठ विश्वास लिएर बा कै लाहुरे चिठीको भरमा
अंगालोमा सन्तान लिई मुस्कुराउँदै संसार जित्यौ तिमी आमा

कैले बा को भुमिका कैले सारथी बन्दै तिमी
बिरामी हुँदा हामी भन्दा छिटो थाह पायौं अनि डाक्टर बन्यौ तिमी आमा
जब कसैले केही भन्छ फर्काउन जवाफ मलाई पनि आउँछ
तर जवाफ भन्दा पहिले आमाले सिकाएको संस्कार अगाडि आउँछ

संघर्षकी रानी हुन् मेरी आमा
वलिदानकी कहानी हुन् मेरी आमा
के मागु म भगवान संग पनि
उनकै त पर्छाई हुन् मेरी आमा
आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औंसीको शुभकामना आमा
आमाको मुख हेर्न लायक सन्तान बनौं
आमाहरुको लागि सबै भन्दा ठूलो उपहार त्यही हुने छ
सुस्वास्थ तथा दिर्घायुको को धेरै धेरै शुभकामना सम्पूर्ण आमाहरुमा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button