चन्द्रागिरी टिकटक किन भयो भाइरल ?

जम्मा सात सेकन्डको ‘नरो यार’वाला चन्द्रागिरी टिकटक भाइरल भएको छ ।

हाफ ज्याकेट । चेक सर्ट् । निधारको शिरानभन्दा माथि सेतो टोपी लगाएका प्रसिद्ध कलाकार हरिवंश आचार्य पलेटी मारेर बसेका छन् । छेउमा रातो धोती हल्का देखिन्छ ।

मुख बंग्याएर भन्दैछन्, ‘नरो । नरो । नरो न नरो । नरो यार । हाम्रो कर्मै यस्तो रहेछ’, आफै दुखी छन् हरिवंश तर सम्झाउँदै पनि छन् ।

बीचबीचमा मधुरो स्वरमा महिला घुँक्क घुक्क रोएको पनि सुनिन्छ ।

स्क्रिनको माथिल्लो भागमा ‘चन्द्रागिरीले हेपेपछि’ र तल्लो भागमा ‘चन्द्रागिरी हिल्स नपरेपछि’ भन्ने ‘फ्रेज’ सात सेकेन्डभर नै रहिरहन्छ ।

चन्द्रगिरी हिल्स लिमिटेडको आइपिओ नपरेको कथानक बोकेको यो सात सेकेन्डको टिकटक यसरी भाइरल हुनुका कारण टिकटकको छोटोपना, हरिवंश र टिकटक स्वयमको लोकप्रयितामात्र होइन, कोरोना अवधिको दैनिक एकरसता पनि होला । वा, चन्द्रागिरी हिल्स लिमिटेडको निरन्तरको चर्चा र उसको व्यवसायिक सफलता पनि त्यसको कारण होला । वा, शेयरबजार वा आइपिओ विषय आफै पनि कारण हुनसक्छ । तर, त्यसभन्दा महत्वपूर्ण कुरो शेयर र सुचनाप्रविधीको सम्बन्ध होला । वा यसका अरु कारण के होलान् ?

पाठक आफै सोच्नोस् । र, प्रतिकृया दिनोस् ।


नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो,
शेयरसयर । तपाईं पनि शेयरसयरमा लेख्न चाहनु हुन्छ भने nepalnamcha@gmail.com लेख, टिप्पणी, टिप्स, अनुभव आदि पठाउने इमेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button