बालगोपाल, जसलाई लसुन र भट्मास हालेको गुन्द्रुक धेरै मन पर्छ

आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ मा कुनै बेला विद्यार्थी राजनीतिमा सक्रिय र हाल अस्ट्रेलियामा बस्दै आएका बालगोपाल उपाध्याय ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ?
लसुन, भटमास हालेको गुन्द्रुक र भात । किन मन पर्छ ? यो प्रश्नको उत्तर म पनि सधै आफै भित्र खोज्छु । तर पनि धेरै मन पर्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ?
काठमाडौ । प्राकृतिक, सांस्कृतिक सबै पक्षको दर्शन गर्न पाउने ठाउँ ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ?
Che Guevara A Revolutionary life । संसारमा धेरै मानिसले आफ्नो दर्शन र सपनामा अरुलाई लडाएर आफु नेता भए तर यिनी आफै लडे, अन्तिमसम्म लडे मन्त्री क्युवाको छोडर गएर पनि लडे ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ?
आमा । संसारमा धेरै दुख सहेर पनि हामीलाई हुर्काईन् । अझै पनि हाम्रा लागि दुख पाउन तयार छिन् ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ?
आफु कन्भिन्स भै भने जति पनि दुख सहन सक्छु भन्ने लाग्छ । यो मेरो बानी मन पर्छ । त्यसैले जिवनमा सारा उतारचढाबमा पनि हासेकै छु ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ?
लि क्वान यु । यिनले आफ्नै जिवनमा समृध्द सिङ्गापुर बनाए ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ?
तिहार । सबैको सम्मान हुन्छ । सहअस्तित्वको पर्व ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ?
शिक्षक । एक असल शिक्षकले प्रत्येक दिन नवनिर्माणको काम गर्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ?
निलो । यो पनि किन म पर्छ मलाई नै थाहा छैन । तर पनि म पर्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ?
रामकृष्ण ढकालको `मन पराउने हजार भेटिन्छन्´ । नेपाली संस्कार संस्कृति अनुसार यो गित सत्य लाग्छ अनि मन पर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button