काउली: झट्ट हेर्दा फूलजस्तै छेउछाउमा पात, साना-साना पोथ्रामा फल लाग्ने जात
काउली (फूलकोबी)
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
झट्ट हेर्दा फूलजस्तै छेउछाउमा हुन्छन् पात
साना-साना पोथ्रामा फल लाग्ने मेरो जात ।
मिसाएर गोलभेँडा धनियाँ मिठो हुन्छ खान
छिप्पिएमा छेस्का पस्छ, यति कुरा जान ।
भिटामिन सि के, फाइबर पनि पाइन्छ
यस्ता गुणी तरकारी खोजी खोजी खाइन्छ ।
लाभान्वित हुन्छन् मुटुरोगी, तौल घटाउँछु
धनी गरिब सब कोहीको भान्सामा अटाउँछु ।
हिमाल, पहाड, तराई सबै ठाउँमा पाइन्छ
राम्रो उत्पादन हुन चिसो मौसम चाहिन्छ ।
अङ्ग्रेजीमा ‘काउली फ्लावर’ नेपालीमा कोबी ।
प्रयोग गरे कम्पोष्ट मल, बनाउँनेछु निरोगी ।
धैरै फल्दा काटकुट पारी सुकाउनू घाममा
खाँचो पर्दा तरकारीको आउँछु म काममा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)