रामेश्वरी, जसलाई नेता त मनै पर्दैन

आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा लेखक/साहित्यकार रामेश्वरी पन्त ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मन पर्ने खाना यो वा त्यो भन्ने केही छैन । भोक लागेको बेला जुनसुकै खाना पनि मन पर्छ । तर पनि आफ्नै परंरागत नेपाली खाना नै मन पर्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने ठाउँ पोखरा हो किनकि त्यहाँबाट देखिने हिमाली दृश्य अत्यन्त मनोरम लाग्छ । त्यस्तै फेवा र बेगनासको शान्त रुप अनि पोखरासँग जोडिएका केही भावनात्मक अनुभूतिले पनि पोखरासँग हमेशा जोडिरहन्छ मलाई ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई मन पर्ने किताब धेरै छन् । कुनै एउटा भन्नुपर्दा मदनमणि दीक्षितको माधवी उत्कृष्ट लाग्छ । माधवीमाथि थोपरिएको पुरुष अहम् को भारीले सधैं मलाई बिथोलिरहन्छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई मन पर्ने मान्छे यो नै हो भन्ने छैन । कुनै खास विशेषताका आधारमा जो कोही पनि मन परेको हुन्छ । तर आमा त्यो व्यक्ति हो जो हरेक सासमा सन्तानको खुशी र चिन्ताले बाँचेकी हुन्छे ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मलाई मेरो स्पष्ट बोल्ने´ रकसैसँग नझुक्ने´ बानी मन पर्छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
नेपालको कुरा गर्ने हो भने मलाई नेता त मनै पर्दैन । किनभने नेपाल र नेपालीको भलो चिताउने निस्वार्थ र ईमानदार नेता देखेकै छैन ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मलाई मन परेको चाड दशैं हो किनकि दशैंमा मातृशक्तिको पूजा हुन्छ । साथै दशैं पारिवारिक मिलनको पर्व हो ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
म त पेशाहीन मान्छे हुँ तर पनि दीनरात रोगीको सेवामा खटिने डाक्टर र नर्सप्रति श्रद्धा जाग्छ ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
इन्द्रेणीका सातै रङ मन पर्छ र आठौं रङ `प्रेमको रङ´ सबैभन्दा बढी मन पर्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
सबैभन्दा मन पर्ने गीत तारादेवीले गाएको, चाँदनी शाहका शव्दको `आमा भएर बाँडी हेर सन्तानका पीरहरू…´ हो । अचेल यही गीत गुनगुनाईरहन मन लाग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button