
आमा, किन बस्न पाइएन तिम्रो काखमा ?
आमा
मञ्जु श्री पौडेल
आमा के हुन् थाहै पाउन सकिएन
देवी देवता वा परी
परिभाषा त धेरै सुनिन्छ
तर शास्वत सत्य के हो बुझ्नै सकिएन
किसिम किसिमका आमा देख्छु यस धर्तीमा
कुनै आमा महल र मातामा त
कुनै आमा झिक्रा र झाडीको छायामा
आमा देवता भए एउटै स्थानमा हुनुपर्ने
यो दर्दनाक भेदभाव कसरी भयो ?
आमा शब्द एउटै भए किन बस्न पाइएन तिम्रो काखमा ?
कुनै आमाले नातिपनाति राख्ने काखमा
कुनै आमाले आफ्नो कोखको सन्तान पनि राख्न नपाउने साथमा ।
लाग्छ भको भए माया गर्थेउ या घृणा ?
हुन त भावीले नै कसैको माया नपाउने आशिष दिएछ
तिमी भए पनि के भावीको लेखन्त टार्न सक्थेउ र ?
कि भावीकै आज्ञामा आफै हुन्थेउ ऊत्रिणा ?
लाग्छ ठूलो थोपा आसुको ढिक्काभित्र
तिमी नै होउ जलाङ जुलुङ गर्दै छेउ
हो त कि होइन ?
भएदेखि त ये आसु नझर्न नझर भन्नेथेउ
तिम्रो मुखै नदेखेको म, तिम्रो मुख हेर्न दिन
सम्झेर के काम्,
अरुको लहलहैमा टिका, चूरा, धागो किनेँ,
ऊ त्यो परको मन्दिरमा राखिदिएकी छु
लाउ है, किनकि तिमी देवी होउ रे, तिमी भगवान होउ रे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)