चरा गुनी, मान्छेलाई नभई नहुनी

सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।

चरी चर्चा
जय भण्डारी

प्राचीन कालदेखि नै मानव र पन्छीहरुबीच अन्योन्यास्रित सम्बन्ध रहिआएको छ । मान्छेहरूले विशेषगरी कला, संस्कृति, संगीत, श्रृङ्गार र मनोरञ्जनजस्ता कुराहरूमा चराहरुको उपयोगिता लिइरहेका छन् । पन्छी आफैँमा स्वतन्त्र प्राणी हो । प्रकृतिमा यिनीहरू आफ्नै बुताले अस्तित्व राख्न सक्छन् । तुलनात्मक रुपमा मानवचाहिँ चरामा निर्भर हुने गरेका छन् । मान्छेको आर्थिक, समाजिक र सांस्कृतिक क्रियाकलापहरु पन्छीसित जोडिएको हुन्छ । सामान्य रुपमा भन्नुपर्दा उपयोगको दृष्टीले शिकार वा खाना, वा पारम्पारिक औषधीमूलो, पहिरन, नाचगान, अनुसन्धान तथा अवलोकन आदि आदि ।

संसारमा विद्यमान धर्म संस्कृतिमा आधारित कथा वस्तुहरुमा पनि पन्छीहरुको उपयोगिताका बारेमा उल्लेख गरेको पाइन्छ । मुख्यतः बाज, गरुड, मयूर, गिद्ध र अन्य । संसारमा मान्छेहरू जे जस्तो तरिकाले चरामा निर्भर भए पनि हाम्रै समाजमा उपयोगी साधनका रुपमा प्राय, बाज, परेवा, मयूर, हाँस, लाटोकोसेरो, रुपी, सुगा, धोबी, च्याखुरा नाइटिङ्गेल, गरुड आदिलाई लिन सकिन्छ । मानिस वा समाज र खेतबारी नजिक रहिरहनेमा रुपी, मैना, काग, मयूर, बकुल्ला, कोटेरा, भंगेरा, परेवा, धोबी, चिबे, बुड्डेचरालगायत साठीभन्दा बढी प्रजातिका चरा छन् ।

कुनै कुनै तपाई हाम्रै घरआँगनमा पनि आएर तपाई हामीलाई आनन्दीत र रोमान्चित बनाउँछन् । परेवाले माकुर माकुर गरेर शुभपलमा हामीलाई जाग्राम गराउछ । बिहान सबेरै घरको छाना या बगैंचामा सूमधुर सांगितिक स्वरमा चिरबिर चिरबिर गरेर धोबी चराले हाम्रो शुभदिनको शुरुवात गरिदिन्छन् । मनको वातावरण सन्तुलित र घरआँगनको पनि । यिनीहरुले प्रकृतिका अरु तत्वहरुसँग साक्षात्कार गर्न प्रेरणा दिन्छन् ।

खेतबारीमा विचरण गर्ने पन्छीहरुले खेतीबाली नष्ट गर्ने किराहरु खाईदिएर खेती नोक्सान हुनबाट जोगाउँछन् । फलपूmल तथा खेीिबालीको परागकण एक बिरुवाबाट अर्को बिरुवा, एक ठाउँबाट अर्को ठाउँ पुर्रयाएर सेचन गराई अधिकाधिक फसल उत्पादनमा अहम भूमिका खेल्छन् । किरा फट्याङग्रा खाईदिएर विभिन्न बालीनाली नोक्सान हुनबाट जोगाउन मदत गर्छन् भने गाई तथा पशुहरुको शरिरमा रोग लाग्नबाट बचाउन सहयोग पुर्याउँछन् ।

हामी मानवले कुन क्षेत्र, उद्धेश्य र परिवेशमा रहेर चराहरुको उपयोग गरिरहेका छौं ? त्यसबाट चराको मौलिक वा प्राकृतिक आनीबानीमा असर परेको छ ? उनीहरुको जीवनशैलीमा नकारात्मक प्रभाव परेको छ ? त्यसबारेसचेत रहन अति आवश्यक छ । उनीहरुको प्राकृतिक जीवनशैली यथावत रहने वातावरण कायम राख्न मानव मात्रको कर्तव्य हो भन्ने मनन गर्दै उत्तरदायीत्व पनि वहन गर्न सक्नु पर्दछ ।

भण्डारी

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button