‘गफाडी कुल्ली’ पुष्कर शाह

विश्व साइकलयात्री पुष्कर शाह अचेल आफ्नै माटोमा छन् । दोलखामा छन् । शाहले बिहान सबैरै जन्मस्थानबाट नेपालनाम्चालाई एउटा अत्यन्त चोटिलो ‘सत्य सम्वाद’ र केही तस्विर पठाए । प्रस्तुत छ, जस्ताको तस्तै ।

‘म पुष्कर शाह’, गाउँमा बन्दै गरेको नयाँ स्वास्थ्य चौकीका ठेकेदारलाई मैले आफ्नो परिचय दिएँँ । मेरो नामसँग उनी खासै परिचित रहेन छन् ।

-म यहीको स्थानिय हुँ ।

-मैले साइकलबाट संसार घुमेको ।

-म सगरमाथा आरोही पनि हो ।

त्यतिले नपुगेर मैले आमाको नामसमेत जोडेर आफ्नो पूर्ण परिचय दिएँ ।

उनले मेरो परिचय लाइ ‘ए ए’मै टारे ।

दिउसोतिर गाउँको स्वास्थ्य चौकीलाई अलिकति भए पनि श्रमदान गर्नुपर्छ भनेर इट्टा बोक्न थालें ।

‘यो मान्छे को हो ?’, ठेकेदारले गाउँको एकजना मान्छेलाई सोधेछन । उनी अवकाश प्राप्त प्रहरी अधिकृत थिए । बडो रमाइलो गर्ने !

‘यो मान्छे त हाम्रै गाउँको कुल्ली हो नि’, उनले ठेकेदारलाई सुनाएछन् ।

ठेकेदारले ट्वाँ पर्दै भनेछन्, ‘यो मान्छे त भयंकर गफाडी रहेछ नि ।’
‘किन हजुर ?’, ति अवकाश प्राप्त प्रहरी अधिकृतले सोधेछन् ।

‘अघि आएर मलाई निक्कै गफ दियो, साइकलबाट संसार घुमेको भन्छ । फेरि सगरमाथा चढें पनि भन्छ । हैन, यो कुल्लीले कहाँबाट ल्यायो त्यत्रो पैसा ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button