… अनि अरु थुप्रै थुप्रै कोइली

चरा चर्चा – १
जय भण्डारी

चरा भनेपछि भुतुक्कै हुन्छु । जता जाँदा पनि चराकै ध्यान हुन्छ । सम्भव भएसम्म चरासम्बन्धित पुस्तक पढ्न मनपर्छ । अब त नेपालनाम्चामा चराबारे लेख्न पनि सुरु गरेँ । र, नियमित लेख्ने प्रयास गर्नेछु ।

कोहो कोइली, कुक्कु कोइली
बिउकुहियो र काफल पाक्यो कोइली
अनि अरु थुप्रै थुप्रै कोइली,
वसन्तमा आई जान्छन् शरदलाई छोडी ।
बाठो हो कि अल्छी भनौं केही मेसो भैन
गुँड बनाउने, बच्चा कोरल्ने कुनै चिन्ता छैन ।
लुसुलुसु अरुको गुँडमा भ्रमण गर्न जान्छन्,
त्यही गुँडको फुल खान्छन्, आफु फुल पार्छन्
गुड सेवकलाई ओथारो जिम्मा लगाई
आफु मोज गर्छन् ।

यो वसन्तगृष्म ऋतु कोइलीहरुको यता आउने र फुल पारेर बचेरा हुर्काउने समय हो । संसारभर धेरै प्रजातीका कोइलीहरु छन् । उनीहरु गर्मी समयमा उष्ण क्षेत्रबाट चिसो हावापानी भएको समशीतोष्ण वा शितोष्ण क्षेत्र क्षेत्रतिर बसाईँ सर्छन् । कोइलीका कुरा सर्वसाधारणलाई पनि जानकारी हुने गर्छ । जस्तो कि को हो को हो, बिउ कुहियो, कुक्कु र अरु पनि । र, हिउँदमा पुन उष्ण क्षेत्रतिरै बसाँई जान्छन् । जुन ऋतमा जे खेती गरिन्छ, त्यही ऋतमा चराको पनि सम्बन्धित फल र खेती सम्बन्धि बोली र गीती लय बुलन्द हुन्छ । त्यसको बीउ कारण कोइलीहरु नै हुन् । यिनीहरुलाई सरल र सहज रुपमा देख्न र चिन्न सकिन्छ । कुक्कु कुक्कु गरेर कराउने कुक्कु कोइलीबारे सारांशमा केही उल्लेख गरौं ।

कुक्कु कोइली वसन्त तथा गृष्मकालीन आगन्तुक कोइली चरा मध्य एक प्रजाति हो । यो धरैजसो मध्यपहाडी भेगका खेतबारी तथा खुला वनपाखामा देखिने र परेवा जत्रै हुन्छ । र, यसले आप्mनो नाम आफैले कुक्कु कुक्कु भनेर बताउँछ । माथि कवितामा भने झै यसले अरु चराहरुको फुल भएको गँुडमा गएर पूmल पारिदिन्छ । र, जसको गुँड थियो उसैले ओथारो बसेर बचेरा हुर्काउँछ । तर, कुक्कु बचेराका आमाबाले वरिपरि बसेर आफ्ना बचेराको अवस्था भने निरिक्षण गरिरहेका हुन्छन् ।

बचेरा हुर्किसकेपछि उनीहरु फर्किने ऋत पनि आइपुग्छ र कुनै बचेरा लिएर फर्किन्छन् त कोही आफु मात्र । र, छुटेका बचेराहरु पनि प्राकृतिक सूचकहरु पछ्याउँदै दक्षिण भारत तथा अफ्रिका पुग्छन् । जाडो छल्छन् त्यहाँ । बसन्त लाग्छ अनि उनीहरुको अर्को जीवन चक्र शुरु हन्छ ।

कुक्कु कोइली

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button