झुट सधैं गलत हुँदैन, बस् नियत राम्रो हुनुपर्छ
निर्जल दवाडी
निन्द्राकै संसारमा रमाउने बानी परिसकेकी एक बृद्ध आमा स्लिपिङ्ग ट्याबलेट खाने जिद्दी गरिरहेकी थिइन् । छोराको केहि दिनअघि मात्र बिहे भएको थियो । बुहारी नर्स थिइन् । बुहारीलाई सासुको यो बानी थाहा हुँदैन । त्यस्तो औषधी खाने गरेको थाहा पाएर बुहारीले सासु आमालाई त्यो औषधीको साइड इफेक्टबारे सम्झाउँदै औषधी खान दिइरहेकी थिइनन् ।
त्यतिकैमा छोरा आइपुग्छ अनि सोध्छ, ‘के भो आमा ?’
आमा बुहारीलाइ हेर्दै भन्छिन्, ‘हेर न बाबु, बुहारीले औषधी नखा, यसले खराब गर्छ भन्छे । आफुलाई यो नखाई निन्द्रा नै लाग्दैन’, आमा बुहारीलाइ हेर्दै भन्छिन् ।
छोराले बुहारीको हातबाट औषधीको बट्टा खोसेर आमालाई खुवाउँछ ।
बुहारीले छोरालाई अर्को कोठामा ल्याएर भन्छे, ‘त्यस्तो गर्नु हुने थिएन ।’
छोराले औषधीको बट्टा बुहारीलाई दिन्छ अनि भिटामिनको प्याकेट खोल्दै बट्टामा हालिदिन्छ । भिटामिन औषधीको प्याकेट देखेर बुहारी छक्क पर्छे । बिस्तारै सानो स्वरमा बुहारी भन्छिन्, ‘तपाई आमालाई ठगिराख्नु भएको छ ।’
छोरा मुस्कुराउदै भन्छ, ‘थाहा छ मलाई, सानोमा आमाले पनि त मलाई ठगिठगी खाना खुवाउनु हुन्थ्यो, च्याउलाई मासु भन्दै खुवाउनु हुन्थ्यो । अहिले त्यसैको बदला लिदै छु ।’
झुट सधैं गलत हुँदैन । बस् नियत राम्रो हुनुपर्छ ।
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)