
मेरो देश देवकोटालाई पागल भन्छ
मेरो देश
शेरबहादुर ढुङ्गाना
सङ्खुवासभा
मेरो देश देवकोटालाई
पागल भन्छ-
पागललाई नेतामा चढाउँछ!
देवत्वकरण गर्छ-हावा भर्छ-
हामी राणा मुक्तिसंगै-
‘स्वतन्त्र छिमेकी देश
संसारको शक्ति राष्ट्र बन्दा’
ऋण, दान र अनुमानमा रमाउँछ!
‘जान्नलाई
संसार जानेको’ डिङ् हाँक्छ
नेपालीमा “कन्दने”
अनि डचमा “कान्दाने”मा
टाउको कन्याउँछ!
अपराधी त,
सरकारी सुविधामा
राजनीति गर्दै रमाउने झोले हुन्,
चाकमा टिन झुण्ड्याउने दिन
आजै, अहिले कि भोली
तिमी नै भन!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)