सिक्स्थिनलाई पत्र: यही नयाँ घरमा भित्र्यौंला
शेरबहादुर ढुङ्गाना
प्रिय सिक्स्थिन,
हिजोको दिनभरी हामी प्रेम बाँड्दै घुमेका ठाउँहरू तिमी र मलाई थाहै छ । सन्तोषले होला, मीठो निद्रा परेछ !
मध्यरातमा उठेर पिसाब फेरें । त्यसपछि झन् निदाएछु । हामीले काठमाडौंबाट केही उत्तर पूर्निव फिरेको निकै फराक ठाउँ भेट्यौं । जताततै पानीका मूलहरू ! कलकल बसिरहेको पानी !
अलिक तल ठूलो पोखरी रहेछ । पोखरीका बीचमा ठूलो रूख । रूखमा धेरै चराहरू बसेका रहेछन् ।
यता उता हेरें । पातला घरहरू । हामीले स-सानो बास बनाइसकेका रहेछौं । मनमा भने एउटा कुरा खेलिरहदो रहेछ । खासमा हाम्रो जमिन चाँही कति होला ? जमिन हेर्छु- खेतका गह्राजस्ता । तीन चार गह्रा हाम्रो हुन् भन्ने लाग्यो । त्यहाँ बनाउने घरमा तिमीलाई भित्र्याउने मात्र सोच्दैथ्यें, झल्यास्स भएछु !
सपना हो, मीठो लागेर तिमीलाई पठाएँ ल !
उही तिम्रो मायालु
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)