बन्दाकोबी नाम मेरो छोटकरीमा बन्दा, कम्ति छैन अरु तरकारीभन्दा

शान्ता भट्टराई

बन्दाकोबी नाम मेरो छोटकरीमा ‘बन्दा’
कम्ति त म नि छैन अरु तरकारीभन्दा।

धेरै भन्दा धेरै पाइन्छ रे औषधीय गुण
नियमित बन्दा खानू निरोगी, स्वस्थ हुन।

अङ्ग्रेजी नाम ‘क्याबेज’ नेपाली नाम बन्दा
सलाद खानु राम्रो अरे पकाइ खानुभन्दा ।

डल्लो छ रुप, हेर्दाखेरि पातै पातको खात
त्यही पातलाई पकाएर खाने मेरो जात ।

धेरैजसो हरियो, कतै कतै रातो पनि हुन्छन्
संसारभरमै धेरै फल्ने बन्दाकोबी भन्छन्।

मिसाएर टमाटर, आलु, मिठो हुन्छ खान
क्याल्सियमको धनी छु म यति कुरा जान।

ताजा बन्दाको रसमा भिटामिन ‘यु’ पाइन्छ
त्यसैले त अब बन्दा खोजी खोजी खाइन्छ।

प्रचुर मात्रामा पाइन्छ खनिज अनि लवण
नानी बाबूहरु अबदेखि बन्दा खान्न नभन।

फाइदा यति भनेपछि पक्कै पनि मन छुन्छ
क्यान्सर रोगको उपचारमा ‘मेरै’ प्रयोग हुन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button