
भिण्डी: महिलाको औँला जस्तै टुप्पो सानो छ रे, अङ्ग्रेजी नाम मेरो ‘लेडिज फिङ्गर’ अरे
शान्ता भट्टराई
महिलाको औँला जस्तै टुप्पो सानो छ रे
अङ्ग्रेजी नाम मेरो ‘लेडिज फिङ्गर’ अरे ।
‘रामझिँगिनी’, ‘चिप्लेभिण्डी’ थरी थरी नाम
रक्तअल्पता घटाउने भिण्डीको राम्रो काम ।
क्यालोरी थोरै थोरै, फाइबर धेरै पाइन्छ
त्यसैले त भिण्डी खोजी खोजी खाइन्छ ।
कतैतिर रामतोरियाँ कतै भिण्डी भन्छन्
मलाई पनि राम्रै खालको तरकारीमै गन्छन् ।
पाचनशक्ति बढाएर कब्जियत भगाउँछु
मुटुरोग लाग्नबाट पनि राम्रै जोगाउँछु ।
रक्तअल्पता घटाएर प्रतिरोधि क्षमता बढाउँछु
आँखाको दृष्टि बढाउँदै कोलेस्टेरोल घटाउँछु ।
हुँदैन है छिप्प्याउन, मिठो हुन्छ कलिलो
उत्पादन राम्रै हुन्छ, माटो राख्नू मलिलो ।
ठूलो ठाउँ चाहिँदैन, फल्छु सानै ठाउँमा
जताततै पाइन्छ शहर बजार अनि गाउँमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)