
चिचिण्डो: परबाट झट्ट हेर्दा सर्पजस्तै छ रे, त्यसैले त ‘स्नेक गर्ड’ भनिएको अरे
शान्ता भट्टराई
परबाट झट्ट हेर्दा रुप सर्पजस्तै छ रे
त्यसैले त ‘स्नेक गर्ड’ भनिएको अरे ।
चिचिण्डो र कुभिण्डो उस्तै उस्तै नाम
लहरामै घुम्दै फल्ने, ठूलो चाहिँदैन ठाम ।
खुर्किएर खस्रो भाग गुदी फाल्नुपर्छ
मीठो पार्न ‘लप्या’ बाक्लै हाल्नुपर्छ ।
सफा राख्दै मृगौला, तौल घटाउँछु
स्वासप्रस्वास प्रणाली राम्रो बनाउँछु ।
भिटामिन ‘ए’ ‘सि’ ‘इ’ पनि पाइन्छ
गर्भलाई फाइदा, चिचिण्डो खाइन्छ ।
चना मिसाइ पकाउँदा सबैको मन छुन्छु
हल्का पिरो बनाउनू, नत्र गुलियो हुन्छु ।
लहरामै हिँड्ने हो, सेता फूल फुल्छन्
रस पाउने लोभले भमरा नि’ डुल्छन् ।
फल्ने सिजन मेरो असार साउन महिना
लोप हुँदै छ हिजोआज, सबैतिर देखिँदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)