झाङ्गिदै फल्छु, खुला चाहिन्छ ठाउँ, फर्सी मेरो नाउँ

फर्सी

शान्ता भट्टराई

झाङ्गिदै फल्छु म नि खुला चाहिन्छ ठाउँ
अङ्ग्रेजीमा ‘पम्किन’ रे, फर्सी मेरो नाउँ ।

मधेसी बोलीचालीमा ‘कदिमा’ भन्छन्
मलाई पनि तरकारीको वर्गभित्रै गन्छन् ।

पहेँलो फूल फुल्छ, खस्रा हुन्छन् पात
जमिनमा लहरिएर हिँड्ने मेरो जात ।

सानो हुँदा मलाई ‘कैँडा’ पनि भन्छन्
पाकेपछि कतिले त उसिनेर खान्छन् ।

तारेर फर्सीको फूल मीठो हुन्छ खान
फलसँगै ‘मुन्टा’ पनि खाइन्छ है जान ।

काट्दाखेरी चुलेसीले ‘चर्र’ आवाज आए
मीठो ! छ फर्सी भन्ने‌ सबले थाहा पाए ।

पाकेको फर्सीमा भिटामिन ‘ए’ पाइन्छ
त्यसैले त खोजी खोजी फर्सी नै खाइन्छ ।

मेरो पनि कहिँ कतै खराब पक्ष पनि छ‌ रे
दमको रोग हुनेले चँ फर्सी खान हुन्न अरे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button