स्वाद तितो हुन्छ करेला हो नाम, उच्च रक्तचापलाई तल झार्ने काम

करेला

शान्ता भट्टराई

स्वाद तितो हुन्छ करेला हो नाम
उच्च रक्तचापलाई तल झार्ने काम ।

लहरामै फल्छु चाहिन्न ठूलो ठाउँ
जताततै पाइन्छ शहर अनि गाउँ ।

अरुचि हुँदाखेरी कहिलेकाहीँ खाना
मुख मीठो बनाउँछु यति कुरा जान ।

तरकारी र‌ अचार मीठो हुन्छ दुवै
मलाई त झन् करेला‌ मनपर्छ खुबै ।

भान्सामा छलफल, तरकारीकै बारे
न्यून रक्तचाप हुनेहरुले खानुहुन्न अरे ।

सबैको आ-आफ्नो स्वाद हुन्छ हेर
गुलियो भए नुन कस्तो होला ? सोच एकफेर ।

कतिपय नानीबाबूहरु छुँदै छुन्नन् मलाई
महत्व बुझ्नेलाई त गरेकै छु भलाई ।

षडरस सबैले दैनिक खानुपर्छ हेर
त्यहीमध्यको तितो म बुझ एकफेर ।

यति भन्दै आमाले टिप्नुभयो करेला
तयार होऊ स्कुल जान नगरे है अबेला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button