
गज्जब! ग्रामर गेम गाउँमा (भिडियोसहित)
सुलोचना न्यौपाने
म सुनकोशी मा. वि. खाङ्साङ, फिक्कल–४ सिन्धुलीको अंग्रेजी शिक्षक ।
हामी विद्यालयमा धेरै क्रियाकलापहरु गर्छौं । धेरैजसो गतिविधिहरु जसरी चलिरहेका छन्, त्यसरी नै गरिरहेका हुन्छौं तर अहिलेका विद्यार्थी भाइबहिनीहरु स्वसक्रिय भएर सिक्न मन पराउँछन् । उद्देश्य उही तर फरक तरिकाले के गर्न सकिएला भन्नेबारेमा सोचिरहेकी थिएँ ।
शुक्रबार म कक्षा १० मा नियमित रुपमा टेस्ट लिन्छु । त्यसै अनुरुप त्यो दिन मलाई अलिक फरक तरिकाले टेस्ट लिन मन लाग्यो । यहाँका विद्यार्थी भाइबहिनीहरु खेलकुदमा रुचि राख्ने रहेछन् । त्यसैले मैले लिने टेस्टलाई पनि खेलसँगै जोड्न मन लाग्यो । यो खेलको नाम दिएँ, ग्रामेटिकल रेस जसमा ग्रामरको टेस्ट आइटम तयार गरी त्यसलाई अगाडि घोप्ट्याएर सानो सानो ढुङ्गाले (स्टोन एज नो कस्ट मटेरियल) त्यसलाई किचेर राखियो । त्यसको ठिक ५० मिटरको दुरीमा विद्यार्थी भाइबहिनीहरुलाइ लाइनमा उभ्याइयो ।
खेलको नियम थियो, कुदेर टेस्ट आइटम राखेको ठाउँमा जाने, ग्रामर कोइसन सल्भ गर्ने, फर्केर जहाँबाट रेस सुरु गरेको हो, त्यहीँ आउने, जो पहिला आँउछ, त्यो विद्यार्थीको एन्सर सिट क्रमैसँग राख्ने र चाँडो आउने अनि सही उत्तर गर्ने विद्यार्थी विजेता हुने ।
यहाँ मैले यहि कृयाकलाप गरेकी छु । साथमा विद्यार्थीको प्रतिकिया पनि राखेकी छु । नेपालनाम्चासँगको यो रचनात्मक प्रयोग र प्रयास यहाँलाई कस्तो लाग्यो ? रचनात्मक सुझाव दिनुहोला है ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)