काव्यमा चिचिण्डो, रायो/लट्टे, बन्दा, फूलकोबी, सिमी, भाण्टा, पिँडालु र ब्रोकाउली

शान्ता भट्टराई

चिचिण्डो:
झट्ट हेर्दा रुप मेरो सर्पजस्तै छ रे
त्यही भएर ‘स्नेक गर्ड’ भनिएको अरे ।

रायो/लट्टे:
आँखा तेजिलो बनाउने हामी दुईको काम
कतै ‘पासै’ कतै ‘गेनारी’ फरक फरक नाम ।

बन्दा:
भिटामिन ‘सी’ आफूमा यथेष्ट छ भन्छ
श्राद्धमा म किन हेला ? थाहा पाउने मन छ ।

फूल कोबी:
मलाई पनि मीठो मान्छन् गरेको छु भलाई
यो सिजनमा सबैतिर पकाउँछन् मलाई ।

सिमी:
रेशादार तरकारी कब्जियतलाई फाइदा
छिपछिपे रस राख्नु मीठो पार्ने काइदा।

भाण्टा:
भान्सामा त म नि छिर्छु, तरकारीमै गन्छन्
के बिगार गरेँ मैले ? किन ‘बैगुन’ भन्छन् ?

पिँडालु:
जमिनमुनि फल्छु म कोक्याउने ठान्छन्
ढङ्ग पुर्याई पकाउनेले मिठो मानी खान्छन्।

ब्रोकाउली:
सबको तर्क सुनेपछि म नि दङ्ग परेँ
शाकाहारीलाई ‘ओमेगा ३’ म र कटुस अरे ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button