तरकारीका तरहतरहका तर्क

शान्ता भट्टराई
विराटनगर

करेलाः
स्वाद तीतो भए पनि पेटका किरा मार्छु
उच्च रक्तचापलाई तल तल झार्छु ।

घिरौँला–बोडीः
थाँक्रो लगाऊ मेरा लागि लरबर फल्छु
ठिक्क पकाऊ, मीठो हुन्छु नत्र धेरै गल्छु ।

आलुः
तरकारी र अचार मिल्छु दुवैतिर
मधुमेहका रोगीलाई पर्ने रैछ पिर ।

भिण्डीः
महिलाको औँलाजस्तै टुप्पो सानो छ रे
त्यसैले त ‘लेडिज फिङ्गर’ भनिएको अरे ।

गोलभेंडाः
सबैतिर मिसाउन खोजी हुन्छ मेरै
जतिपटक पकाए पनि भिटामिन धेरै।

लौका–इस्कुसः
मलाई नि मिठो मान्छन् सबको मन छुन्छु
हल्का पिरो बनाऊ मलाई नत्र गुलियो हुन्छु ।

काँक्रोः
पैसै ठुलो, एकअर्कामा जिम्मेवारी लिँदैनन्
दुख लाग्छ, मलाई आफैँ बढ्न दिँदैनन् ।

बिषादिले कृषि बजार डुङ्डुङ्ती गन्हाउँछन्
घिरौँलालाई सुई हानी लौका बनाउँछन् ।
सबको भान्सा चाहार्छु म हुन्न काखापाखा
काँक्रोको कुराले फर्सी दाइका रसाएछन् आँखा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. पाैष्टिकताको खानी हो यो काट्दा आउँछ राग,
    खोजी खोजी खानै पर्ने तरकारी हो साग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button