सिउँदो रंगिएका सबै छोरीहरुको जीवन रंगिन नहुन पनि सक्छ

एक दर्जन एक भावना

ममता बिष्ट (मन्जु)


तिमी भन्छौ नि, तिमी को हौ मेरो ?
कसरी दिउँ जवाफ प्रिय न प्रेम दर्ता हुन्छ न प्रमाण नै ।


हिजो नभेट भन्यौ
आज कल, मेसेज नगर भन्यौ
तिम्रो खुसीको लागि रित्तिएको मान्छे हुँ
ढुक्क हौ
मेरो नामको मेसेज कल त के त के नोटिफिकेसनपनि आउँदैन ।


आमाको बारेमा लेखुम भनेको
आशुको थोपा मोबाइलमा खसेर
टाइप नै गर्न सकिन
माफ गर्नु होला ।


एउटा बिजुली बत्तीको बल्बमुनि मोबाइल चलाउँदै टेलिभिजन हेर्दै रात बिताउनेलाई होइन, नौलाख तारामुनि बसेर ठेला चलाउँदै गगन हेर्नेलाई सोध, जिन्दगी कति ठुलो छ भनेर ।


माफी गल्तीको लागी बनेको शब्द हो । धोकाबाज र विश्वासघातीले यो शब्दलाई उच्चारण गर्न सुहाउँदैन ।


बस यहि आशा छ जिन्दगीमा, सहि बाटो र सहि साथी भेटियोस् जो गल्ती हुँदा साथ छोड्ने होइन, सम्झाएर सम्बन्ध जोगाइराख्ने मान्छे ।


लेखेर बयान गर्न सकिँदैनन् सबै पिडा र भावनाहरू, केहि छ जो मनदेखि मनमै सिमित छन् । बित्दै गरेको जिन्दगीले मलाई यहि कुरा सिकाउँदै छ ।अतितहरु कहानी बन्दैछन् अनि भविष्य मजाक ।


आकाशमा खुट्टा टेक्ने ठाउँ हुँदैन नि महोदय । त्यसैले उड्दै गर्दा जमिनलाई कहिले नबिर्सनु नि ।


उमेर पुगेपछि
छोरा मान्छेले देश
अनि छोरीमान्छेले जन्मघर छोड्नै पर्छ महोदय ।

१०
जिन्दगी त मेरो हो
तर खै किन दुख लाग्छ अरुलाई म खुसी हुँदा ।

११
पिडा बुझ्न मनभित्र आउनु,
खुसी देख्न त तस्बिर हेरे पनि हुन्छ ।

१२
अनुहारले कहाँ देखाउँछ र कसको मनमा कति पिडा लुकिरहेछ भनेर ।

१३
छोरीको सिउदो रंगाउन हतार नगर्नु है । सिउँदो रंगिएका सबै छोरीहरुको जीवन रंगिन नहुन पनि सक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button