के यो साँचो प्रेम हो या सिर्फ जवानीको रङ्ग ?
माला लिम्बु
“धत बेसरम !”, भन्दै आफ्ना सर्लक्क परेका औलाहरुले मुहार छोपिन्, लाजले मुहार तातो भयो अनि धडकन पनि एकपटक फुलेर आयो ।
“उम्म्म्मा !”, उताबाट फेरि उस्ले मायालु चुम्बन थप्यो अनि सुस्तरी फुसफुसायो, “यो चाहिँ तिम्रो निधारमा है ।”
उनको शरीरमा कताकता मीठो थकान महसुस भए झै भयो, बिसाउन मन लाग्यो आफ्नो शिर उस्को छातीमा तर यो सम्भव थिएन । बिस्तारै आफ्नो हातले मोबाइलको स्क्रिनमा मुस्कुराइरहेको उसको मुहारमा छोईन्, भिडियो कलको टाईममा देखाईरहेको थियो २:३६ मिनेट ।
ओहो ! जति बोले पनि धित नै नमर्ने अनि आफैलाई प्रश्न गरिन् ,”के यो साँचो प्रेम हो या सिर्फ जवानीको रङ्ग ?”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)