सेकुवा: एक कविता

अर्जुन दाहाल

केही आशा
केही सपना
केही कल्पना
केही सोच
आदि इत्यादि
सम्पूर्ण कुरालाई उसले
आफ्नै मनको झिरमा उनेर
पीडाको कोइलाले सेकेर
सेकुवा बनायो ।
त्यस सेकुवाको बासनाले
उसको मुहारमा खोटो हाँसो छर्लङग देखिएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button