पुलुकाे पाँच पुस्ते पिपलकाे एउटा हाँगाे किन लत्रिएकाे छ ?

देवशंकर पौडेल

याे पिपलकाे रुख सैपु, पुलुमा छ । हाम्राे पाँच पुस्तादेखिकाे घर घँडेरी छेउमा छ ।

याे रुख कठजाेरमा जन्म भई, हाम्रा बुबा तेजप्रसाद पाैडेलका हजुरबा उमानाथ पाैडेलसंग बैवाहिक सम्बन्ध पछि रङ्गनी (ओखलढुङ्गा) आउनु भएकी पद्मकुमारी अधिकारी (पाैडेल) ले वि.सं. १९४५ तिर सैपु पुलु बसाईं सर्नु भयाे । त्यस बेला याे पिपल राेप्नु भएकाे रहेछ । यस रुखकाे दक्षिण-पूर्वतर्फकाे एउटा हाँगाे लत्रिएकाे छ ।

पिताजीका अनुसार यस हाँगामा उहाँले सैसला खेल्नु’भाे । म पनि आफ्नाे उमेरमा चढें । छाेराहरू चढे । आज नाति छन्दू पनि साेही हाँगामा चढ्दा चार पुस्ता भयाे ।

मेरा बालसखा मेखबहादुर कार्की, तेजबहादुर दमाई, रामबहादुर पाैडेल, जीतबहादुर कार्की, सूर्यबहादुर कार्की ससानाे हुँदा, एकआपसमा खेल्दैजाँदा चढ्न नसकेर ढुङ्गा चाङ लगाएर चढ्थ्याैं । भाईहरूले पनि त्यसै गरे ।

(पौडेलको फेसबुकबाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button