मोबाइल त फुटेको हो, तिमी त ठिक छौ नि !
कथा: सुखसुत्र
कमला केसी
हरिश्वर र धनेश्वर अत्यन्तै मिल्ने साथी ।
एकपटकको कुरा हो हरिश्वर धनेश्वरको घर पुग्छ । हरिश्वर आएको देखेर धनेश्वरले छिट्टोछिटो गरेर पिँडिमा गुन्द्री मिलाएर राख्दै भन्छ, ‘लौ आऊ, बस । के कति कामले तिमीले मेरो घरमा आउने कष्ट गर्यौ ?’
हरिश्वरः हेर न धनेश्वर, हिजो मात्र किनेर ल्याएको मोबाइल आज झरेर फुटेर कामै नलाग्ने भयो । बुढीले पनि झगडा मात्र गरिरहन्छे । मलाई त घर बस्न मन नै लाग्दैन । के गरुँ, कसो गरुँ, कता जाउँ ? बरु जीवन नै सकाइदिउँ कि जस्तो लाग्छ । मनमा छट्पटी भएर तिमी कहाँ आएको ।
धनेश्वरः तिमी जस्तो विद्वान, कर्मठ, भगवानभक्तले यस्तो कुरा गर्न सुहाउँछ र ? अरु के नै भएको छ र ? मोबाइल त फुटेको हो, तिमी त ठिक छौ नि हैन ? रह्यो कुरो भाउजुको, उहाँले आफुलाई चित्त नबुझेको कुरा भन्नुभयो, के भो त आफ्नो मनमा लागेको कुरा भन्नुभयो । त्यसमा तिमीले गुनासो गर्नु पर्ने नै के छ र ? त्यसो हो भने, ल, तिमीले मलाई एउटा यस्तो वाक्य भन त हरिश्वर जुन वाक्यले व्यक्ति खुशी हुँदा दुखको महसुस र दुखी हुँदा खुशीको महसुस गर्न सकोस् । कुन होला त्यो वाक्य ?
हरिश्वर वाक्क न बक्क पर्यौ । ऊ सोच्न वाध्य भयो । यत्तिकैमा उठेर घरतिर लाग्यो । यता धनेश्वरलाई लागिरहेको थियो, हरिश्वरले यसको उत्तर पत्ता लगाउन सक्ला कि नसक्ला ?
भोलि बिहान उज्यालो भएपछि हरिश्वर धनेश्वरको घर पुग्यो । हरिश्वर आएको देखेर धनेश्वर खुशी भयो ।
धनेश्वरः के छ हरिश्वर ? मैले हिजो भनेको प्रश्नको उत्तर या त्यो वाक्य पायौ ?
हरिश्वरः अँ, पाएँ ।
धनेश्वरः लौ सुनाउ, त्यो वाक्य ।
हरिश्वरः ‘यो समय पनि बितेर जानेछ ।’
यो कथाले दिन खोजेको सन्देश के हो भने मानिस दुख पर्यो भनेर आत्तिन्छन् र सुख पायो भने खुशीले रमाउँछन् । यी दुवै क्षणमा धिर रहेर केही क्षणको लागि हो, आउँछ जान्छ । भन्ने सम्झे दुखको पल बितेर जानेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)