छोराछोरीको आमा म जवान हेन्सम पुरुषको प्रेम प्रस्ताव न स्वीकार्न सक्छु न नकार्न !

कथा

सुशीला शर्मा

प्यारो साथी,

अगाध माया साथै सुख सम्बृद्धि र उत्तरोत्तर प्रगतिका अनगिन्ती शुभकामनाहरू ।

जिन्दगीमा अनगिन्ती उतारचढाव पार गर्दै आजको दिनसम्म आईपुग्दा एउटा कठिन मोडमा उभिएको छु। छोराछोरीको माया, प्रेम र पारिवारिक उत्तरदायित्व निर्वाह गरिरहेको बेलामा कुनै एउटा जवान र हेन्सम पुरुषको अनमेल प्रेम प्रस्ताव न त स्वीकार्न सक्छु न त नकार्न । उसको मायाको सागरमा यति गहिराइमा डुबेको छु नि, न त तैरन सक्छु न त कुनै शब्दमा वर्णन गर्न सक्छु । जिन्दगीको दौरानमा कति साथी बनाइयो र गुमाइयो होला तर तिमी जस्तो प्यारो साथी आजसम्म भेटिएको थिएन । हो, साथी हामी एक–अर्कालाई अत्याधिक माया गर्छौ । तर तिमीले मलाई गर्ने माया र मैले तिमीलाई गर्ने मायामा फरक हुनसक्छ । साथी तिमी एउटा प्रेमिकाको रूपमा मात्र मलाई माया अर्थात प्रेम गर्छौ होला तर म तिमीलाई एउटा असल साथीको रूपमा वा भाइचाराको भावमा पनि प्रेम अर्थात माया गर्छु ।

यहिँनेर हाम्रो कुरा मिल्दैन अनि तिमी पटक–पटक मसँग टाढिन्छौ । जब तिमी टाढिन्छौ नि मलाई अत्यधिक पिडा हुन्छ । यहाँसम्म कि तिमीलाई आफ्नो आमा, परिवार वा छोराछोरीको साथमा कुनै सामाजिक सन्जालमार्फत खुसी देख्छु अनिमात्र आत्मसन्तुष्टि हुन्छ । पारिजातको मैले नजन्माएको छोरो कथा सम्झन्छु । कास म पनि १४–१५ बर्षको उमेरमा आमा बनेकी थिएँ भने अहिले तिमी जस्तै लक्का जवान, हेनसम, मिहिनेती र ईमान्दार छोरा मेरो पनि हुन्थ्यो होला । एकपटक तिमीलाई भेटेर एक–अर्काका दुखसुखलाई सेयर गर्न र मनभित्रका यी अट्हास मनोभावनालाई छताछुल्ल पोखेर आत्मसन्तुष्टि प्रदान गर्न मन छ । तर भेट्नै पर्छ भनेर म कर गर्दिन साथी, यो तिम्रै ईच्छा अनि हातमा छ । माया प्रेमको गहिराइमा डुबेर हैन तैरिएर गर्न जान्नु वा सक्नु पर्दो रहेछ । साथी साँचो माया गरेको भए मलाई माफ गरीदेऊ । मैले तिमीलाई गर्ने माया र तिमीले मलाई गर्ने मायामा एकरूपता होस् । जुनी– जुनी सयौ जुनी हाम्रो माया अमर रहोस् ।

अन्त्यमा, मेरो जिन्दगीकै पहिलो प्रेमपत्र पढेर तिमी मसँग खुसी बन या बेखुसी, माया गर वा घृणा तर म सधै तिमीलाई माया गर्छु । तिम्रो पारिवारिक सुख, समृद्दी, उन्नती, प्रगति र तिम्रा सन्तानको उज्ज्वल भविष्यको लागि भगवानसँग प्रार्थना गरिरहन्छु ।

उहि तिमीलाई माया गर्ने साथी ।

(नोट: यो कथा र यसका पात्र काल्पनिक भएकोले कसैको जीबनमा मेल खाएमा संयोग मात्र हुनेछ। )

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

6 Comments

  1. आज अनायसै यो प्रेम शीर्षकको चिठी सर्सर्ती पढ्ने अनुकुलता प्राप्त भयो! यो चिठीले पाठकमा पस्किन खोजेको सन्देश के हो ठम्याउन अलिक सकिन!
    “…छोरा छोरीको माया,प्रेम र पारिवारिक उत्तरदायित्व निर्वाह गरिरहेको बेलामा कुनै एउटा जवान र हेन्सम पुरूषको अनमेल
    प्रेम प्रस्ताव न त स्वीकार्न सक्छु न त नकार्न …”
    के यो चिठीकी पात्र( प्रेमिका ) बिधवा वा अविवाहित वा कुन अबस्थामा रहेकी होलिन् र यस्तो अन्यमनस्क अबस्थामा चित्रण
    गरिएकी होलिन् …?

    1. नमस्कार राजेन्द्र सर
      प्रेम पत्र पढेर प्रतिक्रिया दिनुभएकोमा हार्दिक आभार धन्यवाद प्रकट गर्दछु।हाम्रो समाजमा यस्ता धेरै घटनाहरू घटिरहेका हुन्छन्।महिला र पुरुषको सम्बन्ध प्रेमी प्रेमिकाको रूपमा मात्र हैन साथीको रूपमा वा भाईचाराको भावमा पनि गाढा हुन सक्छ।कुनै युवकले अधबैंसे महिलालाई प्रेम प्रस्ताव राख्यो भन्दैमा उसलाई गालीगलौज नगरी मायाले सम्झाएर उसको पारिवारिक उत्तरदायित्व बहन गराउन सकिन्छ कि भन्ने अभिप्रायले लेखिएको हुन सक्छ। साहित्य न हो अर्थ जति र जता लगाए पनि हुन्छ तर साहित्यलाई साहित्यिक नजरले पढौ र मनन गरौ।यस पत्रकी लेखिका कुनै युवककी प्रेमीका ,वा बिधवा होईनन्।आफ्नै पतिको भरपूर मायामा छोराछोरी र सासुससुराको साथमा परिवार सम्हालेर बसेकी सधवा नारी हुन। तर खै किन हो साहित्य पढ्दा र लेख्दा प्रेम बियोग वा बियोगान्त घटनालाई महत्व दिन्छिन। धन्यवाद ??

  2. नमस्कार राजेन्द्र सर ??
    प्रेम- पत्र पढेर प्रतिक्रिया दिनुभएकोमा हार्दिक आभार धन्यवाद ।साहित्य लाई साहित्यिक नजरले हेरी साहित्यमा नै ग्रहण गरिदिनु हुन बिनम्रतापूर्वक अनुरोध गर्दछु। हाम्रो समाजमा प्रशस्त यस्ता घटनाहरू हुन्छन् र कुनै महिला र पुरुषको सम्बन्ध प्रेमी प्रेमिकाको रूपमा मात्र हैन साथीभाइ र भाईचाराको रूपमा पनि सदासदासर्वदा कायम राख्न सकिन्छ।बिश्लेषण गर्दै जाॅदा धेरै अर्थ लगाउन सकिन्छ। यि लेखिका न त अबिबाहित हुन नत बिधवा,यि त पतिको भरतपुर मायामा सन्तान, सासु -ससुरा र परिवार रिजाएर उनीहरूकै सेवामा अहोरात्र खटिरहेकि सधवा नारी हुन।
    तर साहित्यमा सधै उनी प्रेम बियोग अर्थात बियोगान्त कहानी पढ्न लेख्न मन पराँऊछिन।
    धन्यवाद ??

    1. नमस्कार राजेन्द्र सर
      प्रेम पत्र पढेर प्रतिक्रिया दिनुभएकोमा हार्दिक आभार धन्यवाद प्रकट गर्दछु।हाम्रो समाजमा यस्ता धेरै घटनाहरू घटिरहेका हुन्छन्।महिला र पुरुषको सम्बन्ध प्रेमी प्रेमिकाको रूपमा मात्र हैन साथीको रूपमा वा भाईचाराको भावमा पनि गाढा हुन सक्छ।कुनै युवकले अधबैंसे महिलालाई प्रेम प्रस्ताव राख्यो भन्दैमा उसलाई गालीगलौज नगरी मायाले सम्झाएर उसको पारिवारिक उत्तरदायित्व बहन गराउन सकिन्छ कि भन्ने अभिप्रायले लेखिएको हुन सक्छ। साहित्य न हो अर्थ जति र जता लगाए पनि हुन्छ तर साहित्यलाई साहित्यिक नजरले पढौ र मनन गरौ।यस पत्रकी लेखिका कुनै युवककी प्रेमीका ,वा बिधवा होईनन्।आफ्नै पतिको भरपूर मायामा छोराछोरी र सासुससुराको साथमा परिवार सम्हालेर बसेकी सधवा नारी हुन। तर खै किन हो साहित्य पढ्दा र लेख्दा प्रेम बियोग वा बियोगान्त घटनालाई महत्व दिन्छिन। धन्यवाद ??

  3. नमस्कार राजेन्द्र सर

  4. नमस्कार राजेन्द्र सर

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button