
ज्ञानशालाः संस्कृत पढ्न नजानेकोमा गहिरो खेद

सौर्या खनाल
संस्कृत जान्ने विज्ञहरूले वेद पूराण पढेर आ–आफ्नै अर्थ लगाउनु हुने रहेछ । हामीले एउटै कथा–कविता पढेर फरक फरक अर्थ लगाएजस्तै । जस्तै, द्रौपदीका ५ पतिहरू भन्नाले हामीले हासिल गर्नु पर्ने ५ गुणहरू हुन्ः धर्म, प्रेम, साहस, सौन्दर्य र सेवा–सहनशिलता, क्रमबद्ध रूपमा धर्म प्रमुख पर्दछ ।
हामीमा यी गुणहरू आएपछि हामी सबैको प्रशंसाका पात्र हुन्छौं । ख्याति, धन कमाउँछौं, तब हामीमा अहंकार पलाउन थाल्छ । जब जब अहंकारले द्रौपदी (हामी)माथि प्रभाव पार्न थाल्छ, दुष्ट (अहंकार)को शासन हुन थाल्छ । अनि सबैको माझ अहंकारीको बेईज्जती शुरू हुन्छ, नाङ्गेझार हुनुपर्छ । त्यहि दुष्शासन हो । त्यस बखत ती गुणहरूले हाम्रो रक्षा गर्न सक्दैन, केवल कृष्णले सक्छन् । ती कृष्ण यानि अन्धकारबाट प्रकट हुने ज्योति । जब सबै अन्धकार हुन्छ, त्यस निष्पट्ट अंध्यारोभित्र हजार सूर्य उदाए सरी ज्योति खोज्ने चेष्टा गर्नुपर्छ ।
गुरूले ‘रामायण, महाभारतका पात्रहरू सबै काल्पनिक हुन् अनि तिनको चरित्र बयानबाट मानवमा हुने गुण, अवगुण र परिस्थितिको विश्लेषण र चित्रण गरिएको छ । हरेक शब्द र वाक्यहरूको गहिरो भाव छ’ भन्दै गर्नु हुँदा म भने संस्कृत पढ्न नजानेकोमा गहिरो खेद गर्दै थिएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)