
पति-पत्नी झगडाका राम्रा कुरा !
झगडाका फाइदाहरु
रमेश सुवेदी
सुतेको बेला कुनै प्रकरको ब्यवधान आउँदैन– बत्ती निभाउ, पंखा बन्द गर, झ्याल खोल, ओन्डी खोइ आदि कुनै कुराको प्रश्न आउँदैन ।
पैसाको वचत– झगडा भैरहेको बखत पैसा माग्ने कुरै भएन ।
तनावबाट मुक्त– कुराकानी नहुने हुँदा किचकिच बन्द हुन्छ र आनन्दसित तनावमुक्त हुन्छ ।
आत्मानिर्भरता बढ्छ– जे सुकै काम पनि श्रीमतीद्वारा गराउने बानी परेको पति झगडा हुँदा रिसाएर यो खोइ, त्यो खोई, यो झिकिदेउ, चिया बनाउ आदि भनी रहनु सट्टा आफै आफ्नु काम गर्न थाल्छ र पतिको आत्मानिर्भरता बढ्छ ।
काममा डिस्ट्रव हुँदैन– काम गर्ने बेला छिनछिनमा फाल्तु गफ गर्न आउने कल बन्द हुन्छ । के गरि रा, फोन किन नगरेको, आज धेरै गर्मि छ, खाजा के खाको जस्ता कुराबाट टाढा हुँदा काममा ध्यान पुग्छ ।
घर चाँडै पुग्नु पर्ने चिन्ताबाट मुक्ति– धेरै जसो पति चाँडै घर आवस् भनेर छिन छिनमा आउने फोन बन्द हुन्छ र आफ्नु तालमा घर गए भो । चाँडो घर पुग्नु परेन ।
महत्व (मुल्य) बढ्छ– यो ब्यक्तिको मनोभावना हो कि कुनै चिज छैन भने त्यस्को बढी खोजि वा चाँसो हुन्छ । महत्व तब हुन्छ जब झगडा भएर बोलचाल बन्द हुँदा चासो बढेको आभास हुन्छ ।
मायाप्रेम बढछ– एक अर्कामा झगडा भै रहनु भनेको माया बढ्नु हो, किनभने बर्षा पछिको मौसम आनन्दित हुन्छ, त्यस्तै ससानो कुरामा हुने झगडापछि किन मैले यति सानो कुरामा किचकिच गरें होला भन्ने कुरा मनमा खेल्छ । त्यो मायाको प्रतिक हो ।
यस्ता धेरै फाईदाहरु छन्, आफै थप्दै जानु होला तर कमसेकम पनि महिनामा एक पटक चै जोई पोई झगडा गर्दै गर्नु होला । जति धेरै झगडा उति धेरै माया ममतासहित चुम्बन र आलिङ्गनसहित सहकार्य गर्नुस् । (कम से कम महिनामा एक दिन त शान्तिको महसुस गर्न दिनुस् ।)
नोटः श्रीमती र श्रीमानले आफ्नु क्षमता अनुसार मात्र झगडा गर्नु होला । घाँटी हेरेर मात्र हाड निल्ने कल्पना गर्नु होला । जति धेरै झगडा उति धेरै माया चाई नसम्झनु होला । जोक्सको रूपमा लिनु होला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



