सडकमा मात्र भेटिने भै छन् हाम्रा घर गाउँकी आमोई !

शेरबहादुर ढुङ्गाना
सङ्खुवासभा

करीब बीस वर्षदेखि नेपालमा फेसबुक चल्तिमा आए पनि हालै गाउँमा नेट आएको, छोरीकी छोरी छाला डाक्टर नातिनीले विदेशबाट ल्याएको एल्ड्रोइड मोबाइल हातमा राख्दै फेसबुक, मेसेन्जर चलाउन सिकाएपछि अब उनी विदेशिएका सन्तान- दरसन्तान, नातेदारसंगै अनि बारीमा काममा भ’की भुण्टीसंग फेसबुकमा कुरा गर्न मेसेन्जरमा कुरा गर्न पाउदा कम्ता हौसिएकी देखिइनन् आमोई !

हालै फेसबुक खुब चलाएबापत कम्पनीले पन्ध्र लाखको चिठ्ठा परेको फोनले बताएपछि हाम्री आमोई खुब हौसिएको परैबाट देखिन्थ्यो !

भएछ के भने, चौरासी पूजा प्रसादी खा’का पतिदेवमा यौन चाहना नपाए’सी बहत्तर वर्षे आमोईले घुमेर आउने बयस्कले मात्र हेर्ने भिडियो खुब हेरेर शेयर गर्नु भएपछि सन्तान- नातेदार नाजबाफ रहेको अवस्था पछि थाह पाउने धेरैले ब्लक हानेछन् ।

चुनाउताकाका राजनीतिक सामाग्री धेरै हालेपछि राजनितिक रूपमा लेख्न बोल्न नहुने देशका सन्तान ब्यस्त भ’को बहाना गर्दै नबोल्ने भएछन् ।

यता चिट्ठाका लागि खुसुखुसु रकम पठाउँदा सन्तानले थाह नपाउँदै सडकमा मात्र भेटिने भै छन् हाम्रा घर गाउँकी आमोई !

कठै फेसबुक नाता-सम्बन्ध !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button