
हर्क साम्पाङसँग ३० मिनेट
समिप कुलुङ
महाकुलुङ -५, सोलुखुम्बु ।
हर्क साम्पाङ हाल धरान उपमहानगरपालिकाको मेयर जस्तो गरिमामय पदमा स्वतन्त्र तर्फबाट विजयी हुनुभएको छ । स्वतन्त्रतर्फबाट जिजयी हुनु चान्चुने कुरा होइन ।
साम्पाङसँग केही समय अगाडि भेट्ने अवसर मिलेको थियो । म आफ्नै कामले धरान पुगेको थिएँ, फेसबुकबाट मैले लामो समयदेखि उहाँको कामहरू हेरिरहेको हुनाले हामी फेसबुकमा फ्रेन्ड थियौँ । उहाँलाई मैले म धरानमै भएको र भेट्ने इच्छा भएको कुरा सुनाएँ । उहाले निसर्त मलाई समय दिनु भएको थियो ।
हामी भेट्ने समयमा पनि उहाँ जनताको कामलाई लिएर नगरपालिकाको कार्यलयमै हुनुहुन्थ्यो । मलाई उतै बोलाउनु भयो, म भानुचोकबाट सिटि सफारी चडेर उतै गएँ । म पुग्दासम्म कार्यलयबाट बाहिर निस्किदै हुनुहुन्थ्यो । साथमा २०, २५ जना मान्छेको लाम देखियो । मैले उहाँलाई टाढैबाट चिनेँ । उहाँकै छेउमा गएर चिनाजाना गरेँ । केही समयपछि हामी बाहिर निस्कियौँ । नजिकैको पसलमा बसेर चिया खायौं ।
उहाँले धरानबासीको जीत चाहन्छु भन्नुभएको थियो । समय ३० मिनेट दिनुभएको थियो तर निकैबेर सुनिरहुँ झै लाग्ने बातचीत भएको थियो । आज धरानका तमाम न्यायप्रेमी जनताले उहाँलाई विजयी गराएर साँच्चिकै नेपाली राजनीतिमा बद्लाव ल्याएको छ । न्याय, विकास, समृद्धि र सुशासन कायम गर्न सक्नुहोस्, यहीँ शुभकामना व्यक्त गर्न चाहन्छु ।
‘राजनीतिक गुन्डागर्दीको कारण भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ, यस्लाई मैले चाहिँ देशद्रोह पनि भन्ने गरेको छु । भ्रस्टाचार गर्ने जोकोही नेता हुन् सक्दैन, त्यो त देशद्रोही पो हुन्’, भन्नुभयो । ‘यसलाई सुधारेर मात्रै देशलाई बनाउन र नेपालीलाई खुशी र समृद्धि दिलाउन सकिन्छ, म त्यो यात्रामा छु । सबैलाई मेरो अनुरोध पनि त्यही छ’, भन्नुभयो ।
उहाँले धरानको उपनिर्वाचनमा उम्मेदवारी बनेर चुनावी प्रतिस्पर्धा गरेको अनुभव सुनाउनु हुँदै ‘देशमा चुनाव भनेको के हो ? भनेर बुझ्ने जनता कम भएको’ बताउनुभयो । त्यसैले हाम्रो देशमा अझै लोकतन्त्र आएको छैन भन्ने कुरा पनि थुप्नुभयो, ‘किनभने चुनावमा जस्ले भोट दिने गरेका छन्, त्यस्ले खाली पहिल्यैदेखि हामी त फलानो दलको मतदाता हौं भन्दै हिन्ने गरेको देखिन्छ, त्यसैले यो लोकतन्त्र नभएर दलतन्त्र भएको छ’ भन्ने कुरा गर्नुभयो ।
‘सबै गाउँका गाउँ, टोलका टोल कुनै एक पार्टीमा प्रवेश गरेका छन्, अनि जनताको बन्ने प्रश्न कहिलेकाहीँ आफैले आफैलाई गर्छु’ भन्नूभयो । र, यो प्रश्न सबैलाई हो भनेर थप्नुभयो । आजको समाज राजनीतिक दलकै कारण विभक्त बनेको छ, बाआमाले छोराछोरीको बिरुद्ध, छोराछोरीले बाआमाको बिरुद्ध, दाइले भाइको विरुद्ध , भाइले दाइको विरुद्ध उभिनुमा राजनीतिक दलको भुमिका छ, यस्ले समाजलाई फोहोर बनाइदिएको, समाजलाई भड्काइरहेको, अनियमिततातर्फ अझ प्रोत्साहित गरिरहेको छ भन्ने कुरा गर्दै समाज कुनै पनि पार्टीको स्थायी कार्यकर्ता हुनुहुँदैन भन्ने कुरा पनि जोड्नुभयो । यदि त्यसो हुन सकेन भने निरन्तर फेरि त्यहीँ तस्कर, दलाल भ्रष्टाचारिहरुले नै विजय भैरहन्छ, जनताले हारिनै रहन्छ भन्नुभयो ।
‘दलतन्त्रले एउटा मान्छेको जीवनमा जन्मदेखि मृत्युसम्म नै राजनीति गरिरहेका छन्, मर्दासमेत कुनै दलको झण्डा ओढाएर दाहसंस्कार गरिन्छ । त्यो के गरेको ?’, प्रश्न गर्नु भयो । ‘कम्तीमा आत्मालाई त शान्ति देउ न’, फेरि जोड्नु भयो । पार्टीको नेता जे गर्दा पनि कार्यकर्ताले समर्थन गरिरहने भएपछि पार्टीलाई भेडा उत्पादन केन्द्र नै जस्तो दुख्छु । एक पार्टीले गरेको राम्रै कामलाई पनि खराब देख्ने प्रवृत्ति हावी भएको कुरामा चिन्ता व्यक्त गर्नुभयो ।
जुन समयमा हाम्रो भेट भएको थियो, त्यो समय राजनीतिक दलको अधिवेशनको समय थियो र नगरपालिकाको कार्यलयमा जनप्रतिनिधि नभएको कुरा जोड्नु हुँदै पार्टीबाट जितेका जनप्रतिनिधि जनताप्रति भन्दा आफ्नो पार्टीप्रति बढी लगनशील, बफादार भएको कुरामा दुखेसो, आपत्ति जनाउनुभयो । त्यसैले हाम्रो देशमा राजनीति दल अपराधीहरुको गिरोह भएर जनतामाथि खाली अपराध गरिरहेको पनि बताउनु भयो ।
देश बेच्ने देशलाई रुवाउने संस्था कुनै पनि अर्थमा राजनीतिक दल हुन सक्दैन । महाकाली र लिपु लेक बेच्ने, एमसिसि पास गर्ने को हो ? तपाई र म हो ? भन्ने प्रश्न गर्नुहुँदै राजनीतिक दलहरुले देशको स्वाभिमान, अस्मिता बेचिरहेको कुरा पनि जोड्नुभयो र देश बेच्ने सम्झौतामाथि हस्ताक्षर गर्दा पनि एउटा कार्यकर्ताले चाहिँ ताली पिटिरहेको कुराले चिन्तित भएको कुरा जोड्नुभयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



