पढाएनन्, ९ बर्षमै डोली चढाई दिए

लघुकथा: बुद्ध जयन्ती

सरिता भट्टराई नेपाल

बुद्ध जयन्तीको दिन बुवा झिसमिसे अँध्यारोमै उठ्नु भयो ।

‘ए केटाकेटी चाँडो उठ, कति बेरसम्म सुतेका हँ ? उठ बेर भो’, बुवाले भन्नू भयो ।

त्यसपछि आमाले भन्नुभो, ‘अबेरसम्म पढे होला, सुत्न दिनुस्, बिहानीपखको निन्द्रा मीठो हुन्छ । हामी पनि उवेला दलिनमा घाम लागुन्जेलसम्म सुत्थेउँ ।’

बुवाले भन्नुभयो, ‘सबैजना बुद्ध जयन्ती मनाउन लुम्बिनी जानेकी भनेर पो त, हतार गरेको मोटरमा जानुपर्छ, भिड हुन्छ ।’

‘किन जानु पर्यो, खर्च गरेर ? के छ र त्यहाँ ? बुद्ध जयन्ती भनेको के हो ?’, आमाले प्रश्न गर्नु भो ।

‘लौ त्यति पनि थाहा पाएकी छैनौ ?’

‘के थाहा हुनु ? काला अक्षर भैंसी बराबर । उबेला पढाएनन्, ९ बर्षमै डोली चढाई दिए ।’

‘अहिले बल्ल छोरीले सिकाउँछिन् । सुन म बुझाई दिन्छु, बुद्ध भनेका कपिलवस्तुको तिलौराकोटमा जन्मिएका सुद्दोधन र मायादेवीका छोरा थिए । उनी जादु चटके कोही पनि हैनन् । हामी जस्तै मानव । उनले मनुष्य कसरी मुक्ति हुन्छ, दुखको अन्त्य कसरी हुन्छ, ईश्या अहँकारको भाव लिनु हुँदैन, लक्ष्यमा पुग्न राम्रो काम गर्नु पर्छ । शरीर स्वस्थ्य राख्नु,शान्ति मनभित्रै बाट आउँछ बाहिर नखोज्नु, आफुलाइ प्रेम गर्नु, खुसी बाँड्नु, रिस पाल्नु हुँदैन, राम्रो बोल्दैमा हरेक मानिस राम्रो हुँदैन, अरुलाई जित्नु भन्दा आफैलाइ जित्नु ठूलो काम हो, यस्ता उपदेश दिएका छन् । मनुष्यले जनावरलाई कुटेको देख्दा बढो दुःख मान्थे । यस्ता कुराको मूक्ति खोज्न धेरै बर्ष तपस्या गरे । हामीलाई धेरै कुरा सिकाएर गए । आजको दिन उनै महापुरुषको जन्म भएको दिन हो । त्यही जन्म उत्सव मनाउनुलाई जयन्ती भनिएको हो । अझ सुन, बुद्ध हाम्रो देशमा जन्मेका भनेर विदेशीहरु तँछाडमछाड गर्छन् । विश्वभरी उनका तस्बिर, सालिक बनाएर सम्मान दिन्छन् । हेर ! हामी कती भाग्यमानी ! बुद्ध हाम्रै नेपालमा जन्मिएका हुन् ।’

‘आहा ! कति राम्रा कुरा सुनाउनु भयो, म त धन्य भएँ । मेरा आँखा खोलीदिनु भो । यति कुरा पनि थाहा नपाउनु म कस्तो अँध्यारोमा रहेछु ।’

छोरीले यी सबै कुरा ओछ्यानबाट सुनिरहेकी थिईन्, मनमनै खुसी भैरहेकी थिईन् ।

बुवाले भन्नु भो, ‘सबै मानिस धार्मिक दृष्टिले आज लुम्बिनीको दर्शन गर्न जान्छन्, हामी पनि जाउँ ।’

आमाले हुन्छ भन्नुभयो । बुद्धम शरणम भन्दै सबैजना लुम्बिनी यात्रामा जानू भयो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button