
निर्वाचन: म कसैलाई किनेर आफ्नो र आफु बिकेर अरुकाे बन्न सक्दिनँ
लघुकथा: आखिर भाेट कसलाई ?
तारा श्रेष्ठ
निर्वाचनका दिन जति जति नजिकिँदै गयाे, उति उति घरदैलो कार्यक्रम तातिदैं गइरहेको थियो । निकै तामझामका साथ नेता तथा कार्यकर्ताहरु गाउँगाउँ, बस्तीबस्ती, घरघर पुगेर हात जाेडेर भाेट त मलाई नै दिनुहाेला भनेर विनम्र अनुरोध गर्दै थिए ।
भाेट माग्दा बिराला र जितेपछि सिंह जस्ता बन्ने नेताहरु झुपडीझुपडी मा अनुनयविनय गरिरहेका थिए । चुनाव जित्न उनीहरू जनताकाे मन जित्न भन्दा पैसा खर्च गर्न र मत किन्न आतुर देखिन्थे । राज्यको स्रोत दुरुपयोग गरेर जनता किनेर चुनाव जितौंला भन्ने दम्भ प्रष्ट देखिन्थ्यो उनीहरुमा ।
उनीहरुसँग बिदा भएर घर भित्र मात्र पसेथें, बाहिर काेही सहयाेगकाे याचना गरेर एक युगल देखापरे । झट्ट हेर्दा उनीहरू निम्नवर्गीय परिवारका झैं देखिन्थे । नमस्कार आदानप्रदानपछि थाहा भाे, उनीहरु भाेट माग्न आएका रहेछन् । उनले भने, ‘हजुर म पढेलेखेको मानिस हूँ, ५० वर्षको भएँ, देशकाे खस्कदाे अवस्था देखेर, केही गरेर मर्न पाए हुन्थ्यो भन्ने भिजन र मिसन लिएर अगाडि बढेकाे छु । आउँदाे निर्वाचनमा स्वतन्त्र उमेदवार भएर वडा अध्यक्षको रूपमा तपाईंहरुकाे वार्डकाे उमेदवारी दिएकाे छु ।’
आश्चर्य मान्दै मैले साेधे, ‘अनि खै त तपाईंका कार्यकर्ता ? ब्यानर ? झण्डा ?’
उनले भने, ‘हजुर दिनभर भाेट माग्न, साथ र सहयोग गर्ने वहाँहरुलाई साँझ रक्सी-मासु खुवाउने र हातमा थमाउने रकम मसँग छैन । म कसैलाई किनेर आफ्नो र आफु बिकेर अरुकाे बन्न सक्दिनँ ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




यथार्थ यस्तै छ, मित्र । जनताले राम्रा मान्छे छान्ने परिपाटी बसालिदिए । पार्टीहरूमा पनि राम्रा र असल मान्छे खोज्ने परिपाटी बस्थ्यो होला । यहाँ त आफ्नो पार्टी भनेपछि आफ्नै बलातकारीलाई पनि भोट हाल्छन ।