खाँदबारीकाे फर्स्ट ब्वाइ शेरबहादुर ढुङ्गानाका दस कक्षा पढ्दा खाली खुट्टा हुन्थे

शेरबहादुर ढुङ्गाना

कहिलेकाहीं त लाग्छ,’गरिबी नभएकाे भए न त पेट भाेकाे हुन पाउँथ्याे, न त जिल्ला सदरमुकाम खाँदबारीकाे फर्स्ट ब्वाइ म शेरबहादुर ढुङ्गानाका दस कक्षा पढ्दा खाली खुट्टा हुन्थे, खाँदबारी नगरपालिकाकाे संस्थापक २०५१ भन्न पाउँथे !

जुत्तामा खुट्टा नराखी सङ्खुवासभा जिल्ला सदरमुकाम, खाँदबारीकाे एक मात्र हिमालय माध्यमिक विद्यालय, खाँदबारीमा पढेकाे म जगत काकाकाेमा भुक्के चप्पल किनेर लाएँ । २०३३ सालमा जिल्लामा हिमालय, वाना सरस्चावति, मादी गरि चार मावि हुँदा चैनपुर र मादीमा मात्र एसएलसी केन्द्र भएकाले भाइ चाेलानाथ, सुरेशजी मादीकाे यात्रामा झाेला बाेक्याैं ।

१९ वर्षे लाेर्के जिन्दगीमा पहिलाे पटक खुट्टा चपलमाथि थिए ! जाँच, अर्थाेक भन्दा चप्पल लाउन पा’र मन चञ्चल, खुशी थियाे !

तेर्साेमा फिलित् फिलित् चिप्लिए पनि उकाला बाटामा बढी चिप्लिनाले हातमा बाेकेर उकालाे हिंड्थें। सुरेश नी उकालामा पनि लाउन भन्नू हुन्थ्याे! जाने पाे मर्नु !

चिप्ला भुक्के चप्पल लगाएर उकालाे चढेकाे जीवन यात्रा चालू छ! खाली खुट्टा, एसएलसी ! आहा ! सङ्खुवासभामा सवैभन्दा बढी अङ्क ल्याएकाे र’छुु ! धन्य जीवन !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button