
नाम अनुसार २०७९ मा तपाईंको फल
२०७९ सालको (बाङ्गोडा) सक्रान्तिफल (मेषविषुवत् चक्र)
ज्यो पं बिष्णुप्रसाद सुवेदी
देवपुर, पर्वत
तपाईको नामको अक्षर अनुसार यस वर्ष निम्न फलहरु रहेका छन्:
यदि तपाईंको नाम कु, घ, ङ, छ, के, को, हा, ही, हु, हे, हो, डा, डी, डु, डे, डो, मा, मी, मू, मे, मो, टा, टी, टू, टे, टो, पा, पी अक्षरबाट सुरु हुन्छ भने शिरमा फल परेको छ । जग्गा जमिनसम्बन्धि कामबाट लाभ प्राप्त हुन्छ । फल शुभ रहने छ ।
यदि अ, इ, उ, ए, ओ, वा, वी, वू, वे, वो, का, कि, यिनी अक्षरबाट सुरु हुन्छ भने मुखमा परेको छ फल, बिद्या प्राप्ति, भोजन प्राप्ति, वाक्य सिद्धि । शुभ फल रहेको छ ।
यदि तपाईंको नाम से, सो, दा, दी, दू, थ, झ, ञ, दे, दो, चा, ची, चू, चे, चो, ला, ली, लू, ले, लो, बाट सुरु हुन्छ भने हृदयमा फल परेको छ, धनको आगमन हुनेछ, शुभ हुनेछ ।
यदि तपाईंको नाम खी, खु, खे, खो, गा, गी, गू, गे, गो, सा, सी, सू बाट सुरु हुन्छ भने दाहिने हातमा फल परेको छ, स्त्री जातिबाट लाभ प्राप्त हुनेछ, शुभ रहनेछ ।
यदि तपाईंको नाम ये, यो, भा, भी, भू, ध,फा, ढा, भे, भो, जा, जी, बाट सुरु हुन्छ भने बायाँ हातमा परेको छ, भैक्ष्यम्, फल अशुभ रहेको छ । शान्ति गर्नुपर्ने रहेको छ ।
यदि तपाईंको नाम ती, तू, ते, तो, ना, नी, नू, ने, नो, या, यी, यू, बाट सुरु हुन्छ भने दाहिने खुट्टामा फल भ्रमण हुने योग मध्यम फलदायी रहेको छ ।
यदि तपाईंको नाम पू, ष, ण, ठ, पे, पो, रा, री, रू, रे, रो, ता, बाट सुरु हुन्छ भने बायाँ खुट्टामा फल परेको छ, विशेष कष्टकर र अशुभ फल रहन्छ । विधिपूर्वक शान्ति गर्नुपर्ने हुन्छ ।
बाङ्गोडा (बायाँ गोडा र बायाँ हातमा) संक्रान्ति फल पर्नेहरूले गङ्गास्नान तथा रुद्री पाठ, चण्डी पाठ, नवग्रह पूजाअर्चना गरि शान्ति गर्नु शुभ हुनेछ । मह, मास, गोघृत, खट्टे जस्ता वस्तुको सेवन गर्नु उत्तम रहने छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)