
प्रसिद्ध संस्कृतिविद् वीणाको ‘श्री-संस्कृति’ नेपालनाम्चामा सुरु
संस्कृतिलाई केन्द्रमा राखेर प्रा.डा. वीणा पौड्यालले विविध विषयमा डेढ दर्जन गहकिला पुस्तक लेखेकी छिन् । ४० बर्षभन्दा बढी समय संस्कृति, पुरातत्व र इतिहास पढाएकी वीणाले हजारौंहजार ‘काबिल’ विद्यार्थी उत्पादन गरिसकेकी छिन् । त्यतिमात्र होइन, झन्डै दुई दर्जन विद्यार्थीले उनकै ‘गाइडेन्स’मा विद्यावारिधी गरिसकेका छन् । विश्वविद्यालयबाट ‘रिटायर्ड’ भएर पनि ‘अनरिटायर्ड लाइफ’ बिताइरहेकी ६६ बर्षिया वीणाको बोली उनको सतत् ज्ञान-साधनाले वाणीमा रुपान्तरण भइसकेको छ ।
सुखद कुरो, नेपालनाम्चासँग वीणाको सहकार्य सुरु भएको छ । र, उनी अब नेपालनाम्चाका अडियन्समाझ नयाँ नियमित स्तम्भ ‘श्री-संस्कृति’साथ उपस्थित भइरहने छिन् ।
बाँकी ‘खास’ कुराका लागि तलको भिडियो क्लिक गर्नु होला ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
