चार्ली, जो गहुँको छ्वालीबाट आर्ट गर्छन्

मेरो उद्यम
चार्ली बानियाँ ‘रोशन’

मलाई धेरैजनाले गहुँको छ्वालीबाट आर्ट गर्ने कलाकार भनेर पनि चिन्नुहुन्छ । म अहिले सपरिवार भक्तपुरमा बसिररहेको छु ।

प्लस टु पछि पढाइलाई छोडेर जानी नजानी म छ्वाली कलाकारितामा जोडिन पुगेँ । लगभग २-३ वर्षदेखि आर्ट गर्न थालेको छु । मेरो आर्ट अरु आर्टभन्दा अलि फरक छ । म खेर जाने गहुँको छ्वाली प्रयोग गरेर आर्टहरु बनाउने गर्दछु । यसमा पनि मैले आफै ६-७ महिना समय लगाएर आफै छ्वालीबाट मानिसहरुको चित्रहरु बनाउन थालेँ । यो देखेर धेरै जना अचम्मित पनि हुनुभयो । छ्वालीबाट मानिसको चित्र बन्छ कि बन्दैन होला भनेर सुरुमा म आफै अलमलमा थिएँ । पछि बिस्तारै राम्रो हुँदै गयो । आज त्यहि मेहेनत र समय दिएको कारण मलाई मेरो चित्रहरुले धेरै ठाउँमा चिनाएको छ ।

२, ३ वर्षको अवधिमा मलाई धेरै जनाले साथ र माया गर्दै आउनु भएको छ । मेरो कला र आफ्नैबारे यति भन्ने स्थान र अवसर दिनुभएकोमा नेपालनाम्चालाई धेरै धन्यवाद ।

नेपालनाम्चाले सुरु गरेको स्तम्भ ‘मेरो उद्यम’मा तपाई पनि आफ्ना उद्यम अनुभव पठाउन र प्रकाशित गर्न सक्नु हुनेछ । nepalnamcha@gmail.com अनुभव पठाउने इमेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button