सुनिताको ‘तिम्रो प्रिय म सहकारी’

म सहकारी

सुनिता ठकुरी

प्रिय सदस्य
तिमी आयौ
मैले स्वागत गरे
जान चाह्यौ
विदाई पनि त गरे
तिमीले जसरी चह्यौ
मैंले त्यसै गरें
तिमीलाई कसैले नपत्याउदा
तिमी अप्ठ्यारोमा पर्दा
कसैले
शाथ,सहयोग र हात नदिँदा
मेरो
शाथ,सहयोग र हात मिलाएर
ताते ताते गर्दै
अगाडि बढदै गयौ
बढदै गयौ
बढदै गयौ
बढदै गयौ
यति अगाडि गई सकेछौ कि
पछाडि
फर्केर हेर्न सम्म फुर्सद भएन तिमिलाई
अहिले
म तिम्रो ठाउँमा छु
तिमी मेरो ठाउँमा छौ
मेरो सत्कर्मको विरासत
ओझेलमा परेकोछ
मानवीय स्वर्थारुपी
जालझेलमा परेकोछ
मलाई तिम्रो
शाथ, सहयाेग, विश्वासको आवश्यकता छ

विश्वासको अभावमा छु
मेरो बदनामिका खातिर
चौतर्फी दबाबमा छु
राम्रो की नराम्रो
हल्लै हल्लाको प्रभावमा छु
यत्र तत्र सबत्र छु
तर
अलपत्र छु
तिम्रो शाथको पर्खाइमा छु
तिम्रो हातको पर्खाइमा छु
तिम्रै काखको पर्खाइमा छु
तिम्रो प्रिय
सहकारी म


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button